धनगढी। कैलालीमा रबि लामिछानेका समर्थकहरु कान्तिपुर पत्रीका जलाएका छन्। जिल्लाको घोडाघोडी नगरपालिकास्थित सुखड बजारमा आज बिहान कान्तिपुर बहिष्कार गर्ने भन्दै उनीहरूले पत्रीका जलाएका हुन्।
रास्वपाका अध्यक्ष रविबिरुद्ध समाचार लेख्दै आएको उनीहरुको आरोप छ। स्वयं रबिले पनि आफूलाई मिडियाले खेदेको भन्दै हिजो रुवाबासी मच्चाएका थिए। उनी नागरिकता काण्डमा दोषी ठहर भएर गृहमन्त्रीबाट घर फर्किएका थिए। त्यसपछि उनले त्यहीँ झोकमा आफ्नो भडास पोखेको बताइन्छ। उनको पासपोर्ट काण्डको भने अहिले पनि छानबिन जारी छ।