धनगढी। लिटल फ्लावर बोर्डिङहाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) माविजयी सुरुवात गरेको छ । कञ्चनपुरको होली फेमिलीइङ्लिस मिडियम स्कुलभीमदत्तनगरलाई ७विकेटले पराजितगर्दै विजयी सुरुवात गरेको हो।
धनगढी स्थित फाप्लाक्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको होली फेमिलीले १७.७ ओभरमा १० विकेट गुमाएर ५९ रन मात्रै बनाउन सक्यो। ६० रनको विजयीलक्ष्य पछ्याएको लिटल फ्लावरले ७.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेटायो। उसका नरेन भट्टले अविजित २४ र कप्तानविपिन रावलले ११ रनको पारी खेले । होली फेमिलीकालागि नेहालदमाई, अरुन राना र विरेन बमले १÷१ विकेट लिए ।
त्यस अघि पहिलो इनिङमाहोली फेमिलीलाई सस्तैमा समेट्न लिटल फ्लावरका सुबोध तिवारीले २.५ ओभर बलिङ गर्दै ७ रन खर्चिएर ३ विकेट लिए। उसका रोशन रावल, आशिस शाहु र अनुराग सिंहले समान २÷२ विकेट लिए। लिटल फ्लावरका बलर सामु होली फेमिलीकाअरुन रानाले २२ र अभिषेक कार्कीले १८ रन बनाउनु बाहेक अन्यको स्कोर सम्झनलायक रहेन।खेलको प्लेयर अफदीम्याच लिटल फ्लावरका सुबोध तिवारी चुनिए। उनले २ हजार नगदसहित ट्रफी प्राप्त गरे।
लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामाफागुन ६ गतेसम्म सञ्चालनहुने प्रतियोगितामा लिटल फ्लावरका बोर्डिङ हाई स्कुल धनगढी कैलाली, श्री होली फेमली इ. मिडियम स्कुल भीमदत्तनगर कञ्चनपुर, शारदा विद्यानिकेतन धनगढी, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली, नवबाल वाटिका विद्यामन्दिर बौनियाँ कैलाली, भुवनेश्वरी विद्यामन्दिर गड्डाचौकी कञ्चनपुर, वेष्टन क्रिष्टल एकेडेमी धनगढी, गुराँस एकेडेमी अत्तरिया कैलाली, सत्यवती एकेडेमी अत्तरिया कैलाली र लोटस आइ इ. सेकेन्डरी स्कुलअत्तरिया सहभागी छन्।फागुन ६ गतेसम्म सञ्चालनहुने प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्रप्रदानगरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्रप्राप्त गर्नेछन् । त्यस्तै उदीयमान खेलाडीलाई नगद ५ हजार प्रदानगरिने आयोजकले जनाएको छ । प्रत्येकविद्यालयले आफ्नो टिममा ४ जना १९ वर्षमुनिका खेलाडी समावेश गर्न पाउनेछन् । विद्यालयमा लुकेर रहेकाक्रिकेट खेलाडीहरूलाई बढीभन्दा बढी खेल एक्सपोजर दिनतथा उमेर समूहको क्रिकेटलाई विकास गर्ने उद्देश्यसहितप्रतियोगिता सञ्चालन गर्न लागेको आयोजकको भनाई छ ।प्रतियोगिता धनगढी उपमहानगरपालिका धनगढी संरक्षक, लिटल फ्लावरका बोर्डिङ हाई स्कुल धनगढी प्रायोजक, वर्ल्ड भिजन इन्टरनेसनल नेपाल (नेपाली जुटौँ, बालविवाह रोकौँ) अवेरनेस पार्टनर, आइएमइ पे प्लेयर अफ द म्याचप्रायोजक रहेको छ ।त्यस्तै डिजिटल लर्निंग पार्टनरमानिमा एकेडेमी, हायर एजुकेसन पार्टनर टाइम्स इन्टरनेशनल कलेज डिल्लीबजार काठमाडौँ, कम्युनिकेसन पार्टनर नेपाल टेलिकम, सह प्रायोजक हिमालयन ह्वाइट हाउस इन्टरनेशनलकलेज काठमाडौँ, रनर अप प्रायोजकमा गुरुकुल एकेडेमी उत्तरबेहडी धनगढी रहेको छ ।त्यस्तै अफिसियल गेट प्रायोजकमा धनगढी वाल पेपर सप्लायर्स एण्ड होम डेकोर, पब्लीकेशन पार्टनर ओशनपब्लीकेशन प्रालि, हस्पिटालीटि पार्टनर इमेज होटेल प्रा.ली धनगढी, सर्टिङ एण्ड सुटिङ पार्टनर गुरुजी सर्टिङ एण्ड सुटिङ धनगढी, प्लेयर अफदी टुर्नामेण्ट प्रायोजक मालिकार्जुन हार्डवेयर प्रा.लि. अत्तरिया रहेको छ ।त्यस्तै सहप्रायोजकहरुमा निष्ट फाउन्डेसन काठमाडौँ, के. आई. सिंह गाउँपालिका डोटी, हस्पिटल पार्टनर निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर धनगढी, स्किन केयर पार्टनर धनगढी स्किन केयर एण्ड एस्थेस्टिक सेन्टर धनगढी, सहप्रायोजकहरुमा चैतन्य पाठशाला धनगढी, जय मंगलम् सिमेन्ट प्रालीयुवा समाजसेवीविनोद शाहीहाल अमेरिका, दाहाल पुस्तकपसल धनगढी, होटेल जियान हस्पिटालिटी धनगढी, उच्चाकोटी आर.एम.सी धनगढी , डिस्कभरि बोर्डिङ स्कुल धनगढी,सानभी बुक्स एण्ड स्टेशनरी धनगढी रहेका छन्। वेस्ट बलर प्रायोजकवरिष्ठ युवा समाजसेवीजयन्तीथापाहाल अमेरिका एजुकेसन कन्सल्टेन्सी पार्टनर एस. आ. जी.नेपाल काठमाडौँ, वेस्ट ब्याट्सम्यानप्रायोजकविद्या भूषण पब्लिक स्कुलमोहनपुर कैलाली ,सह प्रायोजकनवजीवन हस्पिटल धनगढी, समाज सेवीअर्जुनराज जोशी (हाल कोरिया), कामिक्षा देवी डेरी धनगढी र विशेष अटो मोटिभ्स(हिरो) धनगढी कैलाली रहेका छन् ।