काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले संसदका दुवै सदनको संयुक्त बैठकमा संवोधन गर्ने भएकी छिन्। उनले माघ २७ गते शुक्रबार दिउँसो ३ बजेको बैठकमा संवोधन गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ।
‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९५ बमोजिम संवत् २०७९ साल माघ २७ गते शुक्रबारका दिन १५:०० बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई संवोधन हुने भएको छ,’ राष्ट्रपतिको कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ।