धनगढी। धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र एनएमबी बैंकबीच एमओयु सम्झौता भएको छ। निसर्ग हस्पिटल प्रा.लि धनगढीले बैंकका एटिएम तथा अन्य भिजा कार्ड होल्डर महिला ग्राहकहरुलाई अन्तरंग (भर्ना), फार्मेसीबाट औषधी खरिद, ल्याब परिक्षण तथा शल्यक्रियामा छुट उपलब्ध गराउने भएको हो।
एनएमबी र निसर्ग हस्पिटलबीच एमओयु सम्झौता अनुसार ‘स्मार्ट नारी’ बचत खाताका ग्राहकलाई लक्षित गरी स्वास्थ्य उपचारमा छुट दिने उद्देश्य रहेको छ। अस्पतालका तर्फबाट कार्यकारी निर्देशक तिर्थराज पन्तले र एनएमबि बैंककातर्फबाट प्रदेश प्रमुख श्याम अधिकारीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।
निसर्ग हस्पिटल एण्ड रिसर्च प्रालि र एनएमबी बैंकबीच एक वर्षका लागि सम्झौता भएको बताइएको छ। अस्पतालबाट उपलब्ध गराईने विभिन्न प्रकारका चिकित्सकीय सेवाहरुमा विशेष छुट तथा सहुलियत उपलब्ध गराउने गरी सम्झौता रहेको छ। सो अस्पतालले बैंकका एटिएम तथा अन्य भिजा कार्ड होल्डर महिला ग्राहकहरुलाई अन्तरंग ९भर्ना०, फार्मेसीबाट औषधी खरिद, ल्याब परिक्षण तथा शल्यक्रियामा छुट उपलब्ध गराउने जनाइएको छ ।