धनगढी। कैलालीमा जबरजस्ती करणीका फरार प्रतिवादी पक्राउ परेका छन्। कैलालीको साबिक दोदोधरा गाविस ४ घर भई हाल बर्दगोरिया गाउँपालिका वडा ५ रामपुरका ५२ वर्षीय सिताराम चौधरी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत कैलालीले २०७४ जेठ ७ गते ४ बर्ष ११ महिना २६ दिनको कैद फैसला सुनाएको थियो।
फरार चौधरीलाई आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट प्रहरी निरिक्षक महेश बिक्रम शाहीको टोलीले आइतवार पक्राउ गरेको जनाएको छ। उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।