नयाँ दिल्ली। मध्यप्रदेशको मुरैना जिल्लामा प्रहरीले एक पाइलटको शव फेला पारेको र दुई पाइलटको सकुशल उद्धार गरिएको जनाएको छ। मोरेनाको पहाडगढ क्षेत्रमा पाइलटको शव फेला परेको हो । घटनास्थलबाट दुई लडाकु विमानको भग्नावशेष निकाल्न उद्धार कार्य जारी छ। राजस्थानको रतनगढमा पनि लडाकु विमानको भग्नावशेष खसेको प्रहरीले जनाएको छ।
भारतीय वायुसेनाका दुई लडाकु विमान सुखोई ३० र मिराज २००० मध्य प्रदेशको मोरेना जिल्लामा दुर्घटनाग्रस्त भएका छन्। बीबीसीसँग कुरा गर्दै मोरेनाका प्रहरी उपरीक्षक आशुतोष बागरीले ग्वालियर बेसबाट सुखोई–३० र मिराज–२००० लडाकू विमान उडेको बताए। सुखोई ३० लडाकु विमानमा दुई जना पाइलट रहेको र मिराज २००० मा एक जना पाइलट रहेको उनले बताए। आशुतोष बागरीले हावामा नै दुई विमानको टक्करको सम्भावनालाई अस्वीकार गरेका छैनन्। भारतीय वायुसेनाका अधिकारीले अनुसन्धान पूरा गरेपछि मात्रै वास्तविक कारण थाहा हुने उनले बताए।