कञ्चनपुर। कञ्चनपुरको महेन्द्रनगरमा शनिवारदेखि क्रिकेट मेला सुरु भएको छ। मेलाको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले उद्घाटन गरेका हुन्। उनले महेन्द्रनगरस्थित कबर्डहलको खेलमैदानमा शनिवार आजदेखी शुरू भएको कञ्चनपुर क्रिकेट मेलाको ब्याटिङ्ग गरेर उद्घाटन गरेका हुन्।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावलले आजदेखि माघ २० गतेसम्म आयोजना हुने कञ्चनपुर क्रिकेट मेलाको दिउँसो १२ बजे उद्घाटन गरेका हुन्। स्टार प्रोडक्सनको आयोजना तथा मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टरको मुख्य प्रायोजनमा कञ्चनपुरमा सुदूरपश्चिम प्रदेशकै ठूलो क्रिकेट मेला भैरहेको हो। मेला अन्तरगत फारवेष्टर्न कर्पोरेट क्रिकेट कप २०२३ को चौथो सस्करण भईरहेको हो।
फारवेष्टर्न कर्पोरेट क्रिकेट कपको विजेता टिमले एक लाख ११ हजार नगद, ट्रफि र प्रमाण पत्र पाउने आयोजक स्टार प्रोडक्सनले जानकारी दिएको छ। आयोजकका अनुसार उपविजेता टिमले ५५ हजार, ट्रफि र प्रमाण पत्र पाउनेछ। त्यसैगरी सिरिज अफ दि टिमले ५ हजार ५ सय नगदसहित ट्रफि र प्रमाण पत्र प्राप्त गर्नेछ। बेष्ट व्यटर र वेष्ट बलरलाई पैतिस–पैतिस सय नगदसहित प्रमाणपत्र र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगितामा एनआईसि एसिया बैंक, सनराईज बैंक, उदयदेव सहकारी, एनएमवि बैंक, नविन बैंक, नविन बैंक, सुदूरपश्चिम विश्वविद्यालय, सिएमजि क्लव, हेप्पी हावर, लिटिल बुद्ध एकेडेमी, सिर्जनसिल सहकारी र मेगा सहकारी गरी ११ टिम सहभागि हुने आयोजकले जानकारी दिएको छ।