उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदार भण्डारीले व्यवसायी प्रेम आचार्यले गरेको आत्मदहले धेरै पाठ सिकाइरहेको बताएका छन् । आजदेखि भृकुटीमण्डपमा आयोजित ‘नेपाल वूड इन्टरनेश्नल एक्स्पो’ को उद्घाटन गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् । भण्डारीले नेपाल सरकारले व्यवसायी आचार्यको आत्मदहबारे छानविन गरिरहेको समेत बताए । उनले आचार्यको घटनालाई आधार मानेर नेपालको औद्योगिक र व्यवसायीक क्षेत्रमा रहेको समस्यालाई समाधान गर्ने प्रयासमा सरकार लागि परेको बताए ।
‘व्यवसायी आचार्यको आत्मदहले धेरै पाठ सिकाइरहेको छ । यसबापत छानविन भइरहेको छ । र, यसको गरिराइमा गएर नेपालको उद्योग र व्यवसायीक क्षेत्रमा परेको समस्या समाधान गर्न प्रयास गरिने छ,’ भण्डारीले भने, ‘नेपालको व्यवसायीक क्षेत्रमा भूकम्प लगायतका अन्य काराणले पनि समस्याग्रस्त बनेको छ ।’ ‘नेपालको अर्थतन्त्र आज जुन अवस्थामा छ । व्यापार घाटा जसरी चुलियो र नेपालको जनशक्ति जसरी बाहिरियो,’ भण्डारीले थपे ‘त्यसलाई खोज्छौं । सरकारको प्राथमिक्तामा राख्दै बैंकको ऋणलाई व्यवस्थित गर्ने विषय लगायतका विषयलाई व्यवस्थित गर्ने प्रयासमा सरकार छ ।’
आजको दिनमा व्यवसाय सञ्चालन गरेबापत व्यवसायीलाई गलत गरेँकी भन्ने पर्ने गरेको र यो अवस्थालाई परिवर्तन गरेर व्यवसायिक र औद्योगिक वातावरण बनाउनुपर्ने भण्डारीको जोड छ ।