कञ्चनपुर। कञ्चनपुरस्थीत महाकाली नदीमा बगिरहेकी एक जना महिलालाई प्रहरीले उद्धार गरेको छ ।कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका ९ आमभोजकी २३ वर्षीय आसा बस्नेतलाई प्रहरीको टोलीले महाकाली नदीमा बग्दै गरेका बेला उद्धार गरेको कञ्चनपुर प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहका अनुसार हिजो (मंगलबार)साँझ महाकाली नदी पारी दाउरा लिन गएकी आमालाई खाना पुर्याउन जाने क्रममा वडा नम्बर १० स्थीत महाकाली नदीको बहाव बढदा आसालाई नदीले बगाएको हो।
स्थानीय बासिन्दाले इलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा खबर गरेपछि प्रहरी निरीक्षक अर्जुन सिंह साउदको कमाण्डमा गएको सात जनाको प्रहरीको टोलीले बस्नेतको उद्धार गरेको प्रहरी नायव उपरिक्षक शाहले बताए।उद्धार गरिएकी आशाको पेटमा पानी भरिदा उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र दोधारा चाँदनीमा पठाईएकोमा उपचार हुन नसकेपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पतालमा धनगढी पठाईएको छ।