कैलाली। खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढीले आर्थिक बर्ष २०७९/८० को दोस्रो त्रैमासिक तथा अर्धवार्षिक प्रगती बिवरण सार्वजनिक गरेको छ। कार्यालयले दोस्रो त्रैमासिक तथा अर्धवार्षिक प्रगती समिक्षा कार्यक्रममा १२ वटा प्रतिकुल नमुना उपर मुद्धा दायर भएको जानकारी दिएको हो।
अनुसन्धान प्रक्रिया पुरा भएका खाद्य तथा दाना ऐन अनुरुप खाद्य निरिक्षकबाट जिल्ला प्रसाशन कार्यालय कैलाली र कञ्चनपुरमा गरि ११ र जिल्ला अदालत कैलालीमा १ गरि १२ वटा प्रतिकुल नमुना उपर मुद्धा दायर भएको खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढीका सुचना अधिकारी हरि सिंह बोहराले बताए । उनले खाद्य तथा दाना ऐन अनुरुप संकलित नमुनाहरु मध्ये प्रतिकुल पाइएका नमुना र गत आर्थिक बर्ष देखी लगत सरि आएका जम्मा १९ नमुनाका सम्बन्धित उद्योग ब्यवसायीसंग बयान लिने कार्य भैरहेको बताएका छन् । यस्तै सरकारी वकिलबाट राय निकासा लिने कार्य अघि बढेको उनको भनाई छ। यस्तै खाद्य तथा दाना नमुना ऐन अनुरुप क्रममा निरिक्षकबाट उद्योग बजार ब्यवसाय तथा होटल रेष्टुरेन्ट अनुगमनका क्रममा ५६ वटा नमुना संकलन भइ कार्वाही प्रक्रया अघि बढेको छ। यस्तै खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढी र डिभिजन कार्यालयहरुबाट खाद्य ऐन अनुरुप १२५ नमुना संकलित छन्। यस अर्धवार्षिक अवधिसम्ममा खाद्य बजार अनुगमन ४२ पटक भएको छ । यसैगरी डिभिजन कार्यालय डडेल्धुराबाट २ डोटी २७ र बैतडीबाट २१ पटक खाद्य बजार अनुगमन भएको छ। डडेल्धुराबाट ७ डोटी १९ र बैतडीबाट ११ पटक होटल रेष्टुरेन्टको अनुगमन गरिएको खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढीका सुचना अधिकारी हरि सिंह बोहराले बताए । यस्तै प्रयोगशालामा प्राप्त नमुनाहरुको बिश्लेषण दस्तुर तथा अनुज्ञापत्र जारी नविकरण र सिफारिस दस्तुर बाफत चालु आर्थिक बर्षको त्रैमासिक अवधीमा २ लाख ८६ हजार ९०० राजस्व संकलन र यस्तै अर्ध बार्षीकसम्ममा ९ लाख ६५ हजार ४३० राजस्व संकलन गरेकोे जनाइएको छ। यस अवधिमा कार्यालयले चालु र पुँजीतग गरी जम्मा ६१ प्रतिशत हाँसिल गरेको छ। डडेल्धुराले ३९ प्रतिशत, डोटीले १०० प्रतिशत र बैतडीले ८४ प्रतिशत बित्तय प्रगती हाँसिल गरेको जनाइएको छ।
उपभोक्ता हित संरक्षणका भोज राज जोशीले पछिल्लो समयमा कर्मचारी न्युन मात्रामा रहेको बताउँदै अनुगमन र कार्यालयको कामकाजमा समस्या रहेको बताए । उनले कर्मचारी सरुवा र बढुवाले गर्दा अनुगमन र प्रयोगशालामा काम गर्न समस्या रहेको भन्दै सरकारले यसतर्फ ध्यान दिन उनले आग्रह गरेका छन्। यस्तै कार्यक्रममा बौल्दै नेपाल पत्रकार महासँध कैलालीका अध्यक्ष हिमाल जोशीले खाद्य स्वच्छता सम्बन्धि बिभिन्न गतिबिधी अघि बढाउँदै लगेकोमा खुसी लागेको बताए। बजारमा कुनै पनी अखाद्य बस्तु भेटिएमा तुरुन्त खाद्य संग सम्बन्धित निकाय वा सरोकारबाला निकायलाई खवरदारी गर्न र पत्रकारमहासंघबाट हुने सहयोग पुर्ण रहने उनको भनाई छ ।