धनगढी। कैलालीमा अबैध सामानसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। कैलालीको कैलारी गाउँपालिका ५ पबेराबाट अबैध सामानसहित लख्खिमपुर खिरी चन्दन चौकी बस्ने २९ वर्षीय मोनु गुप्तालाई आइतवार ईलाका प्रहरी कार्यालय हसुलियाले पक्राउ गरेको हो।
प्रहरी बरिष्ठ नायब निरिक्षक राम सिंह बोहराको कमाण्डमा खटिएको टोलीले गुप्तालाई साईकलमा बच्चाको खेलौना, चकलेट, मिठाई र अन्य खुद्रासामान गरीएको प्रहरीले जनाएको छ। १५,००० बराबरको खेलौना, चकलेट, मिठाई र अन्य खुद्रासामानसहित नियन्त्रणमा लिईएको प्रहरीले बताएको छ। अबैध सामानसहित पक्राउ परेका भारतीय नागरिकलाई थप अनुसन्धानकालागी जिल्ला प्रहरी कार्यालय कैलालीमा पठाइएको छ।