धनगढी । धनगढीमा जारी दीपेन्द्र श्वार स्मृति डीसीए कप इन्टर स्कुल क्रिकेट टुर्नामेन्ट अन्तर्गत सोमबार भएको खेलमा सरस्वती माध्यमक विद्यालय र ले जित हात पारेको छ ।बिहान भएको खेलमा सरस्वतीले शारदा विद्या निकेतनलाई ३६ रनले पराजित गर्यो ।टस जितेर पहिले ब्याटिङ गरेको सरस्वतीले अन्तिम बल बाँकी रहँदा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो ।
सरस्वतीका लागि मुस्कान विष्टले २४ बलमा ५ चौकासहित २५ रन जोडे । यस्तै खेल बोहराले ४० बलमा २ चौकासहित २३ तथा जगदीश भट्टले १४ बलमा ४ चौकासहित २१ रन थपे ।बलिङतर्फ शारदाका भुपेश भट्टले २ ओभरमा ३ तथा अनिश अवस्थी र खेम बोहराले २–२ विकेट लिए ।जवाफी ब्याटिङमा उत्रिएको शारदाले १६.४ ओभरमा सबै विकेट गुमाएर ८५ रनमात्रै बनाउँन सक्यो । उसका आकाश विष्टले १८, आयुष महराले १३ र नबिन महताले ८ रन जोडे ।बलिङतर्फ नरेन्द्र महराले ३ तथा रमेश महता तथा नबिन महताले २–२ विकेट लिए । खेलको प्लेयर अफ द म्याच सरस्वतीका खेम बोहरा चुनिए ।
यस्तै दिउँसो भएको अर्को खेलमा त्रिभुवन माविले थ्रीस्टर बोर्डिङ स्कुललाई ४ रनले पराजित गर्यो ।टस जितेर पहिले ब्याटिङ गरेको त्रिभुवनले १५.३ ओभरमा ९ विकेट गुमाएर १११ रन बनाएको थियो ।उसका कुशल बोगटीले ३६ बलमा ५ चौकासहित ३६, विनय जोशीले १२ र सुशील भाटले १४ रन जोडे । बलिङमा थ्रीस्टारका विनय जोशी र सुशील भाटले ३–३ विकेट लिए ।जवाफी ब्याटिङमा उत्रिएको थ्रीस्टारले १७.१ ओभरमा सबै विकेट गुमाएर १०७ रनमात्रै बनाउँन सक्यो ।उसका सचिन कुमार नेगीले १३, अरुण कठरियाले ११ तथा रोशन रावलले १० रन बनाए ।
बलिङतर्फ शम्शेर खड्काले ३ तथा किरण शाहु, सचिन कुमार नेगीले २–२ विकेट लिए । खेलको प्लेयर अफ द म्याच त्रिभुवन माविका सुशील भाट चुनिए ।प्रतियोगितामा मंगलबार पहिलो खेल एभीन र कैलाली मोडल तथा दोस्रो खेल बात्साल्या मावि र लिटिल फ्ल्वारबीच हुनेछ ।माघ १६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५० हजार तथा उपविजेताले ३० हजार पाउनेछ ।यस्तै प्लेयर अफ द टुर्नामेन्टले ५ हजार नगदसहित डीसीएमा ४ महिनाको छात्रवृत्तिमा क्रिकेट सिक्न पाउने आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसीए)का व्यवस्थापक समुयल न्यौपानेले बताए ।
त्यसबाहेक वेस्ट बलर र बेस्ट ब्याटरले ३–३ हजार नगद र ३ महिनाको छात्रवृत्ति पाउनेछन् ।डीसीएका पुर्व खेलाडी समेत रहेका दीपेन्द्र स्वारको सडक दुर्घटनामा निधन भएको थियो । आफ्नो छोराका स्मृतिमा परिवारले हरेक वर्ष उनको स्मृतिमा क्रिकेट प्रतियोगिता गर्दै आएको छ ।एकेडेमीका व्यवस्थापक न्यौपानेले स्कुललेभल देखि नै ग्रासरुट क्रिकेटको विकासमा योगदान पुगोस भन्ने हेतुले स्कुल स्तरीय प्रतियोगिता आयोजना गरिएको बताए ।प्रतियोगितालाई एसपीए कलेज, गुरुकुल एकेडेमी, गुरुजी सपिङ एण्ट सुटिङ, सिभिल बैंक, नवजीवन हस्पिटल तथा सौराई स्वायरलगायतले प्रायोजन गरि सहयोग गरेका छन् ।