बाजुरा। बाजुरामा नियम विपरित भाडा असुल्ने दर्जन बढि सवारी साधान प्रहरी कार्बाहीमा परेका छन्। बाजुराका स्थानीय सडक खण्डमा सञ्चालन हुने सवारी साधनले तोकिएको भन्दा बढि भाडा लिएको भन्दै १७ बढि जिप चालकहरु कार्बाहीमा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय बाजुराको पौष २० गते बसेको बैठकले जिल्लाका ग्रामिण सडकमा चल्ने सवार साधानहरुको भाडादर कायम गरेको थियो। मनोमानी तरिकाले भाडा उठाउने गरेको नागरिकको व्यापक गुनासो थियो जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी बाजुराले जिल्लाका ग्रामिण सडकमा तोकिएको भाडादर कार्यान्वयन गरे/नगरेको अनुगमन गरेको थियो । सो निणर्यको कार्यन्वयनका लागि प्रहरीले बिभिन्न ठाउँमा तोकिदिएको भन्दा दोब्बर भाडा असुलेको पाइएपछि कारबाही गरिएको बताइएको छ।
भाडादर कायम गर्दा समेत कार्यान्वयनमा नल्याउने र मनोमानि भाडा असुल्ने सवारी साधन माथि कडा निगरानी राखिएको बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्य थापाले बताएका छन् । उनले तोकिए भन्दा बढी भाडा लिने गरेका जीप व्यवसायीलाई स्पष्टीकरण सहित बढी लिएको भाडा सम्बन्धित यात्रुलाई फिर्ता गर्न भनेका छन् ।हालसम्म जिल्लामा २ दर्जन जीप व्यवसायीलाई कारबाही गरिएको बाजुरा प्रहरीले जनाएको छ।त्यसै गरी व्यक्तिगत प्रयोजनका लागि दर्ता गरी (रातो नं.प्लेट) सार्वजनिक सवारी साधनको रुपमा यात्रुहरु बोकी हुम्ला–बाजुरा चलेका निम्न सवारी साधनहरुलाई सार्वजनिक सवारी साधनको रुपमा आवश्यक कानूनी प्रक्रिया पुरा गरी सञ्चालन गर्ने गरी कागज गराई ट्राफिक जरिवाना समेत गरी छोडिएको जनाएको छ।
जसमा बा २१ च ४३२,लु.अ.अ.म.६७२६, भे १ च ३८२०, से १ च १५१०, भे १ च २७९८, बा १८ च ३९५९ र भे १ च ७४३ नम्मरका गाडी रहेका छन् । यस्तै बढी भाडा लिने निम्न सवारी साधनलाई भाडा फिर्ता गर्न लगाएको जनाएको छ। कोल्टी-मार्तडी आउँदै गरेको सु.प्र.प्र.०१ ज.११८२ नं.को जिपले ११ जना यात्रुबाट प्रति व्यक्तिबाट रु.१२००।– (बाह्र सय)का दरले भाडा लिएकोमा रु.४४४।– प्रति व्यक्तिलाई फिर्ता,मार्तडी-कोल्टी जाँदै गरेको म.१.ज.३२७ नं.को जिपले ५ जना यात्रुबाट प्रति व्यक्तिबाट रु.१०००।– (एक हजार)का दरले भाडा लिएकोमा रु.२४४।– प्रति व्यक्तिलाई फिर्ता गराईएको छ।मार्तडी-कोल्टी जाँदै गरेको सु.प्र.प्र.००१ज.१२१७ नं.को जिपले ५ जना यात्रुबाट प्रति व्यक्तिबाट रु.१००० का दरले भाडा लिएकोमा रु.२४४ प्रति व्यक्तिलाई फिर्ता, पिलुचौर बाट धुलाचौर तर्फ जादै गरेको सु.प.प्र००१ ज ११८१ नं. जीपले ४ जना यात्रुबाट प्रति ब्यक्ति रु.४०० का दरले भाडा लिएको पाईएकोले तोकिएको भाडा भन्दा रु.२६८ प्रति ब्यक्ति बढी लिएको रकम यात्रुलाई फिर्ता गराई अवोप्रान्त तोकिएको भाडादर लिने छु भनि पहिलो पटकलाई सम्झाई बुझाई गरी छोडिएको छ।
बुढीगंगा नगरपालिका अन्तर्गत साँफेबगरबाट बम्कातर्फ आउदै गरेको से १ ज ५१९ नं. जीपले ६ जना यात्रुबाट प्रति ब्यक्ति रु.३०० का दरले भाडा लिएको पाईएकोले तोकिएको भाडा भन्दा रु.५०(पचास) प्रति ब्यक्ति बढी लिएको पाइएकोले सो रकम यात्रुलाई फिर्ता गराई ट्राफिक जरिवाना गरि छोडिएको जनाएको प्रहरीले जनाएको छ ।हिमाली गाउँपालिका अन्तर्गत कोल्टीबाट धुलाचौर तर्फ जादै गरेको म १ ज १८५ नं. जीपले यात्रुबाट प्रति ब्यक्ति रु.४००का दरले भाडा लिएको पाईएकोले तोकिएको भाडा भन्दा र बढी लिएको रकम यात्रुलाई फिर्ता गराई पहिलो पटक सम्झाई बुझाई गरि छोडिएको प्रहरीले जनाएको छ । त्यसै गरी सु.प.प्र.०१००१ ज ११६४ नं. सवारी साधनले ७ जना यात्रुबाट प्रति ब्यक्ति रु.४००का दरले भाडा लिएको पाईएकोले तोकिएको भाडा भन्दा र बढी लिएको रकम रु.२६८ यात्रुलाई फिर्ता गराई पहिलो पटक सम्झाई बुझाई गरि छोडिएको प्रहरी तथ्याकंमा उल्लेख गरिएको छ।
मार्तडीबाट बाम्का तर्फ जादै गरेको म १ ज ३५७ नं. जीपले यात्रुबाट बढी भाडा लिएको पाईएकोले तोकिएको भाडा भन्दा र बढी लिएको पाइएकोले सो रकम यात्रुलाई फिर्ता गराई पहिलो पटक सम्झाई बुझाई गरि छोडिएको प्रहरीले जनाएको छ । त्यस्तै गरी धुलाचौबाट कवाडी तर्फ जादै गरेको से १ क १११८ नं. जीपले क्षमता भन्दा बढि यात्रुहरु बोकेको पाईएकोले पहिलो पटक सम्झाई बुझाई गरि पठाएको र पिलुचौरबाट जुड्डी तर्फ जादै गरेको सु.प.प्र.०१००१ ज १३१९ नं.को जीपले यात्रुबाट बढी भाडा लिएको पाईएकोले तोकिएको भाडा भन्दा बढी लिएको रकम रु.१०० प्रति यात्रुहरुलाई फिर्ता गराई पहिलो पटक सम्झाई बुझाई गरि छोडिएको र एक सवारी साधानलाइ भने भाडा फिर्ता गराउनुका साथै जरिवाना समेत गरीएको जिल्ला प्रहरी कार्यालय बाजुराको तथ्याकंमा उल्लेख गरिएको छ । भाडादर पूर्ण रुपमा कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरीहरूबाट विभिन्न स्थानहरूमा कडाइका साथ चेकजाँच भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।