धनगढी। केजी अस्पताल धनगढी र गौरीगंगा नगरपालीकाको आयोजनामा चौमाला प्राथमिक स्वास्थ्य केन्द्रमा बिशेषज्ञ सेवासहित निशुल्क स्वास्थ्य शिविर गरिएको छ। शनिवार चौमाला प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजना गरिएको बिशेषज्ञ सेवासहित निशुल्क स्वास्थ्य शिविरमा ५०० जनाले उपचार सेवा पाएको केजी अस्पताल प्रा.लीका बसन्त अवस्थीले जानकारी दिए।
निशुल्क स्वास्थ्य शिविरमा हाइड्रोसिलको शल्यक्रिया तथा दाँत सम्बन्धि उपचार सेवा दिइएको थियो। यस्तै बिशेषज्ञ सेवाहरुमा जनरल मेडिसिन, फिजिसियन सेवा, हाडजोर्नी तथा नसा रोग सेवा, स्त्री तथा प्रसुती रोग बिशेषज्ञद्धारा चेकजाँच, यस्तै सर्जरी सम्बन्धि सेवा, दन्तरोग सेवा सम्बन्धि चेकजाँच, निशुल्क औषधी वितरण तथा निशुल्क हाइड्रोसिलको शल्यक्रिया सेवा प्रदान गरिएको थियो।
शिबिरमा चेकजाँच भएका हाइड्रोसिलको धनगढी स्थित केजी अस्पतालमा शल्यक्रिया निशुल्क हुनेछ। अस्पतालमा आएका बिरामीहरुलाई पनी बिशेष छुट हुने अस्पतालले जनाएको छ। यसअघि शनिवार पनी केजी अस्पताल धनगढी र गौरीगंगा नगरपालीकाको आयोजनामा बिशेषज्ञ सेवासहित निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको थियो। शिविरमा मसुरियाका ३ सय ६१ जनाले उपचार सेवा लिएका थिए।