कञ्चनपुर। कञ्चनपुरमा लागुऔषध सहित २ जना पक्राउ परेका छन्। सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको सँयुक्त प्रहरी टोलिले विशेष सुचनाको आधारमा १५ किलो ५२० ग्राम चरेस सहित एक जना पक्राउ परेको प्रहरीले बताएको छ।
कन्चनपुरको भिमदत्त नगरपालिका ३ कालिका टोलबाट १५ किलो ५२० ग्राम चरेस सहित बझाङ केदारसीऊ गाउँपालिका वडा ७ का ४० बर्षिय करन धामीलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अशोक सिंहले बताए।यस्तै निजधामीलाई सोधपुछ गर्दा कञ्चनपुरको शुक्लाफाँटा १२ देखतभुली बस्ने महेश प्रसाद भट्टलाई पनी प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट ७६ गाम्र लागुऔषध बरामदसहित दुबै जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ। उनीहरुलाई पक्राउगरि कानून बमोजिम थप अनुसन्धान भईरहेको बताइएको छ।
त्यस्तै क्षेत्रीय अनुसन्धान समुहले कैलालीको भजनी नगरपालीका बिभिन्न वडाबाट चोरीका ३ थान मोटरसाइकल बरामद गरी थप अनुसन्धान भैरहेको डिआइजी सिंहले बताए ।बिहिवार कमान्ड सम्हालेका सिंहले मातहतका प्रहरीलाई इमानदारीताका साथ जनताको सेवामा लाग्न निर्देशन दिएका थिए। सिंहले प्रदेशका नौ वटै जिल्लाका प्रहरी प्रमुखहरुलाई प्रदेश प्रहरी कार्यालय धनगढीमा भेला गराई इमान्दारीका साथ दत्तचित्त भै कुनै आर्थिक प्रलोभनमा नपरी सेवामा खटिन निर्देशन दिएका छन।