धनगढी। सुदूरपश्चिमकै मुख्य धार्मीक एवम् पर्यटकिय क्षेत्र कैलालीको गोदावरी धाम कुरुप बन्ने सम्भावना बढेको छ । गोदावरी क्षेत्रको समग्र विकास र धार्मीक एवम् पर्यटकिय क्षेत्र र धामको संरक्षणकालागि एक समितिसम्म बनेको छैन् । अहिले सो क्षेत्र कुरुप बन्ने सम्भावना बढेको हो।
सुदुरपश्चिमका जिल्ला सहित नेपाल तथा भारतबाट समेत दर्शनार्थिहरु आउने गरेका छन्। सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्लाको मुख्य प्रवेशद्वार र धनगढी–डडेल्धुरा राजमार्गको छेउमै रहेको यो क्षेत्रलाई सप्त गोदावरी मध्येको प्राचीन गोदावरीका रूपमा लिने गरिन्छ। गोदावरी क्षेत्रमा आउनेहरु मन्दिरहरुमा धार्मिक पुजा आजा, सौन्दर्यको आनन्द, अन्तीम संस्कारका लागी पुग्ने गरेका छन् । तर धेरै महत्तपूर्ण गोदावरीको समग्र विकास र यस क्षेत्रको संरक्षणका लागि भने अहिले सम्म एक समिति सम्म बन्न नसकेको गुनासो गरिएको छ।
सो क्षेत्रको समग्र विकासका लागि भने न समिति बन्न सकेको छ न योजना नै बन्न सकेको स्थानियहरुले बताएका छन्। योजनाहरु आएपनी मन्दिर पिच्छे खुलेका समितिहरुले आफूखुसि योजना बनाउने, पहुच भएको क्षेत्रबाट बजेट ल्याएर कार्यक्रम गर्ने गरेका भएपनि यस क्षेत्रको समग्र विकास र दिर्घकालिन योजना पनी नबनाएको उनीहरुको भनाई छ। लामो सयम देखि समग्र गोदावरी धामको विकासका लागि एउटै समिति बनाउने योजना भएपनी त्यो कार्यान्वयन नभएको उनीहरुको भनाई छ । झन समितिहरु थपिने क्रम बढ्दै गइरहेको भन्दै स्थानिय चिन्तीत बनेका छन्।
गोदावरी धाम विकास समितिका अध्यक्ष पदम राज जोशीले हाल गोदावरीमा आधा दर्जन बढी छुट्टाछुटै समिति रहेको बताएका छन् । उनले आफू नेतृत्वको समितिले गोदावरी क्षेत्रको व्यापक प्रचार प्रसार गर्न सफल भएको भएपनि समग्र गोदावरी धाम भित्र रहेका समितिलाई एकिकृत गर्न नसकेको बताएका छन्। उनले गोदावरीभित्रको समग्र विकास गर्नको लागि अब प्रदेश स्तरकै समिति बन्न आवश्यक रहको बताए । उनले एउटा नगर, जिल्ला स्तरमा भन्दा पनि वृहत रुपमा प्रदेशलाई समेटेर अगाडी बढाउनु पर्ने र धामको विकास गर्नको लागि समग्र गोदावरी क्षेत्र समेटेर डिपिआर बनाउन आवश्यक रहेको उनको भनाई छ । गोदावरी नगरपालिका – ४ मा पर्ने गोदावरी धामको गोदावरी नगरपालिकाले गत बर्ष डिपिआर बनाएको थियो। तर, उक्त डिपिआर अनुसार काम भने हुन सकेको छैन्।
नगरपालिकाले गोदावरी धामलाई नगरपालिका मातहतमै राख्ने प्रयास गरेपनि त्यसमा स्थानीय समितिहरुले विरोध गरेका थिए । हाल गोदावरीमा रहेका समितिहरुले आफूसुखी मन्दिर, प्रतिक्षालय लगायतका संरचना बनाउने गरेका छ। जसले गर्दा गोदावरी क्षेत्र कुरुप बन्ने चिन्ता थपिएको छ। गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले समग्र गोदावरीलाई समेटेर समिति निर्माण गर्ने आफ्नो योजना रहेको बताएका छन । गोदावरी धामकै वारी र पारी २ समिति रहेका छन्। उनले यस क्षेत्रको विकास गर्न सके यो पश्चिम नेपालकै ठूलो धार्मीक पर्यटकिय क्षेत्र बन्न सक्ने बताएका छन् । उनले यसलाई यसलाई एउटै प्रोजेक्ट बनाएर काम गर्न सकिएन भने अहिले सम्म भएको उपलब्धि खेर जाने जोखिम रहेको बताए। गोदावरी आर्यघाट पनि समेटेर गोदावरी क्षेत्रको विकास गर्न आवश्यक रहेको उनले बताए । गोदावरी धामको प्राचिन कालदेखि नै धार्मीक महत्व रहेको थियो । २०७२ सालमा गोदावरीमा अमृत महास्नान दिव्य सहस्त्र कुम्भ दर्शन मेला लागेको थियो।