ब्यवसाय र मानव अधिकार परियोजना सम्बन्धि धनगढीमा अन्तरक्रिया सम्पन्न भएको छ । जापान सरकारको सहयोगमा यु एन डिपीले नेपाल उधोग बाणिज्य महासंघ मार्फत मंगलबार धनगढीमा उक्त कार्यक्रम आयोजना गरेको हो ।
बिभिन्न क्षेत्रका उद्यमी तथा ब्यवसायीहरु सहित सहभागी कार्यक्रममा ब्यवसायिक निति नियम, कानुनी जानकारी लगायतका बिषयमा परामर्श दिइएको थियो । ब्यवसाय प्रवद्र्धनका साथै बिभिन्न जानकारी दिने उद्देश्यले ब्यवसाय र मानव अधिकार परियोजना सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको नेपा उधोग बाणिज्य महासंघकी सहायक निर्देशक सिता घिमिरेले बताइन् ।
नेपाल उधोग बाणिज्य संघले जहिलेपनि निति नियम सम्बन्धि पैरवीनै गर्ने हो घिमिरेले भनिन् “ब्यवसायीहरुलाई पर्ने समस्या बारे जानकारी दिने, ब्यवसाय गर्दा के कुरामा ध्यान दिने तथा उहाँहरुका समस्या माथीसम्म लैजाने काम हामीहरुले गर्ने गरेका छौँ, हामीले त्यही सिलसिलामा धनगढीमापनि यो कार्यक्रम आयोजना गरेका हौँ ।” भरखरै शुरु गरेका सामान्य ब्यवसाय देखी ठुला ब्यवसायी समेत सहभागी गरेर अन्तरक्रिया कार्यक्रम गरिएको उनले बताइन् ।