धनगढी : धनगढी उप महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष शेर बहादूर महराले जिल्ला प्रहरी कार्यालयमा शरुवा भई आएका प्रमुख प्हरी उपरिक्षक देवेन्द्र पाललाई स्वागत गरेका छन् । पाललाई कैलाली जिल्लामा स्वागत गर्दै महराले जिल्लाको शान्ती शुरक्षामा उत्कृष्ट भुमिका खेल्न आग्रह गरेका छन् ।
बिषेशगरी धनगढी उप महानगरपालिका वडा नम्बर १२ भारतिय सिमा क्षेत्रसंग जोडिएको वडा भएका कारण शुरक्षामा निकै चुनौती भएको उनले प्रहरी उपरिक्षक पाललाई स्मरण गराएका थिए । वडा नम्बर १२ मा रहेको अस्थाई प्रहरी चौकीलाई स्थाई चौकीमा रुपान्तरण गरी जनशक्ती समेत थप गर्न उनले आग्रह गरे ।
दिनहुँ भइरहने चोरी तस्करीका घटनालाई सो जनशक्तीले नियन्त्रण गर्न नसकिने बताउँदै महराले प्रहरी तथा सशस्त्र प्रहरीको जनशक्ती बढाउनुपर्नेमा जोड दिएका थिए । भारतबाट हुने अबैध चोरी तसकरी देखी घरका समान चोरी हुन थालेपछि वडा अध्यक्ष महरा प्रहरी तथा सशस्त्र प्रहरीको टिम सहित राती गस्तीमा समेत जाने गरेका छन् ।
वडामा शुरक्षा चुनौती बढेपछि राती १० बजेपछि बाहिर हिँडडुल गर्नेहरुमाथी निगरानी समेत बढाइएको थियो । साथै आवश्यक कामको प्रमाणबिना १० बजेपछि बाहिर घुमफिर नगर्न वडा अध्यक्ष महराले आग्रह गरेका छन् । जनप्रतीनिधिलाई आउने गुनासो जिल्ला प्रहरी कार्यालयले सम्बोधन गर्ने र चाँडै वडा नम्बर १२ मा चोरी तस्करी नियन्त्रण हुने उनले अपेक्षा राखेका छन् ।