धनगढी। धनगढी क्रिकेट एकेडेमी(डीसीए)को आयोजनामा दीपेन्द्र स्वार स्मृति स्कुल क्रिकेट प्रतियोगिता हुने भएको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा यही माघ ५ गतेबाट उक्त प्रतियोगिता हुनेछ । प्रतियोगितामा २० वटा स्कुलहरुको सहभागिता रहेको छ। माघ १६ गतेसम्म चल्ने प्रतियोगिता टी–२० फम्र्याटमा हुनेछ। फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगिताको विजेताले ५० हजार तथा उपविजेताले ३० हजार पाउनेछ ।
यस्तै प्लेयर अफ द टुर्नामेन्टले ५ हजार नगदसहित डीसीएमा ४ महिनाको छात्रवृत्तिमा क्रिकेट सिक्न पाउने डिसीएका व्यवस्थापक समुयल न्यौपानेले बताए ।त्यसबाहेक वेस्ट बलर र बेस्ट ब्याटरले ३–३ हजार नगद र ३ महिनाको छात्रवृत्ति पाउनेछन् ।डीसीएका पुर्व खेलाडी समेत रहेका दीपेन्द्र स्वारको सडक दुर्घटनामा निधनभएको थियो। आफ्नो छोराका स्मृतिमा परिवारले हरेक वर्ष उनको स्मृतिमा क्रिकेट प्रतियोगिता गर्दै आएको छ ।‘मेरो छोराको पनि खेलप्रति ठूलो रुचि थियो। खेलले अनुशासनमा बस्न र स्वास्थ्य नागरिक उत्पादनमा सहयोग पुर्याउँछ,’ दीपेन्द्रकी आमाबासु बम स्वारले भनिन्,।
एकेडेमीका व्यवस्थापक न्यौपानेले स्कुललेभल देखि नै ग्रासरुट क्रिकेटको विकासमा योगदान पुगोस भन्ने हेतुले स्कुल स्तरीय प्रतियोगिता आयोजना गरिएको बताए।‘स्कुलमै थुप्रै क्रिकेटप्रति रुचि भएका प्रतिभावान खेलाडीहरु हुनुहुन्छ,’ न्यौपानेले भने, ‘उहाँहरुलाई उचित प्लेटफर्म दिन र उहाँहरुको प्रतिभा चिनि त्यसलाई तिखार्ने प्रतियोगिताको उद्देश्य हो।’डीसीएको स्कुल स्तरीय प्रतियोगिताबाट पहिचान भएका नारायण जोशी, बसन्त कार्कीलगायत खेलाडीहरु हाल राष्ट्रिय प्रतियोगिता खेलिरहेका छन्।प्रतियोगितालाई एसपीए कलेज, गुरुकुल एकेडेमी, गुरुजी सपिङ एण्ट सुटिङ, सिभिल बैंक, नवजीवन हस्पिटल तथा सौराई स्वायरलगायतले प्रायोजन गरि सहयोग गरेका छन्।