धनगढी। धनगढीमा रहेको माया मेट्रो अस्पतालमा माघ २ गते देखि बरिष्ट छाला, यौनरोग, कुष्ठरोग, कपाल र सौन्दर्यको चेकजाँच सुरु गरिएको छ । अस्पतालले आज (माघ २) गते देखि १५ गते सम्म बिहान ९ देखि साझ ५ बजेसम्म वरिष्ठ बरिष्ट छाला, यौनरोग, कुष्ठरोग, कपाल र सौन्दर्य विशेषज्ञको सहभागितामा चेकजाँच गर्न सुरु गरिएको हो।
बरिष्ट छाला, यौनरोग, कुष्ठरोग, कपाल र सौन्दर्य बिशेषज्ञद्वारा छाला रोग सम्बन्धि समस्या भएका बिरामीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै निःशुल्क चेक जाँच सेवाको आयोजना गरेको छ। अस्पतालमा यो सेवा अब देखि पुर्णकालिन ( फुल टाईम) रुपमा संचालनमा आएको समेत जानकारी गराएको छ।शिविरमा बरिष्ट छाला तथा यौनरोग विशेषज्ञ द्धारा डा. प्रियंका मौनाली (MBBS, MD (KU) द्धारा निःशुल्क चेकजाँच गरिने छ। सो अवसरमा ल्याव परीक्षणमा पनि १५ देखि २० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको अस्पतालकी प्रशासन अधिकृत मनिता तामाङले जानकारी दिएकी छिन्।
अस्पतालले हाल २४ घण्टे आकस्मिक तथा ट्रमा सेवा, २४ घण्टे फार्मेसी सेवा, एनेस्थेसिया तथा क्रिटिकल उपचार सेवा, नवजात तथा बालरोग सेवा, दुरबिन प्रबिधिबाट तथा विना दुरबिन सल्यचिकित्सकिय सेवा, स्त्री प्रसुति तथा बाझोपन सेवा,MD Internal Medicine बाट Physician सेवा, हाड जोर्नी तथानशा रोग सेवा, यौन, छाला, सौन्दर्य तथा कपाल प्रत्यारोपण सेवा, नाक ,कान ,घाटी तथा हेड एण्ड नेक सर्जरी सेवा, दन्त चिकित्सकिय सेवा, Cancer Screening, FNAC तथा Biopsy सहितको Pathology सेवा, क्यान्सर सेवा तथा परामर्श दिदै आएको छ।यस्तै अस्पतालले बिरामी बर्गलाई स्वास्थ्य सेवाको उपयोग गर्न अनु्रोध गरेको छ।