काठमाडौं। सात दलीय सत्तारुढ दलहरुबीच मन्त्रालयको भागवण्डा लगभग टुंगिएको छ। प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निरन्तर भएको छलफलले मन्त्रालय भागवण्डा लगभग टुंगिएको छ। स्रोतका अनुसार सरकारको नेतृत्व गरेको माओवादीले ४ मन्त्री र एक राज्यमन्त्री पाउनेछ। त्यस्तै नेकपा एमालेले ८ वटा मन्त्रालय पाउने गरी खाका बनेको छ ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३ मन्त्री लिने लगभग सहमति जुटेको छ । राप्रपाले उर्जासहित २ र जनता समाजवादी पार्टी (जसपा)ले सहरी विकास र अर्को एक मन्त्रालय पाउनेछ। जनमत, नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई एकरएक मन्त्रालय छुट्याइएको छ । उच्च स्रोतका अनुसार ८ सांसद बराबर एक मन्त्रालय पाउने गरी भागवण्डाको खाका बनेको छ।