काठमाण्डौ। नेपाल रग्वी संघको १० औं साधारणसभा सम्पन्न भएको छ। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव तथा नेपाल रग्वी संघका निबर्तमान अध्यक्ष टंकलाल घिसिङको प्रमुख आतिथ्यतामा रग्वी संघको १० औं साधारणसभा सम्पन्न भएको हो। रग्वी संघको १० औं साधारणसभाबाट अध्यक्षमा दिपक देवकोटा चयन भएका छन्।
साधारणसभाले आगामी ४ बर्से कार्यकालका लागी देवकोटालाई चयन गरेको हो। यस्तै वरिष्ठ उपाध्यक्ष चेतनराज गिरी,उपाध्यक्षमा बिश्वामित्र सन्ज्याल, महासचिव गोविन्द घिमिरे, सचिव विजय मोक्तान, कोषाध्यक्षमा दिपक अधिकारी चयन भएका छन्। यस्तै सदस्यमा रमेश प्रसाद भट्टराई, इन्द्रबहादुर तामाङ, हरि शंकर महतो, एलिशा थापा, कामना गिरी, रविन केसि रहेको नयाँ कार्यसमिति सर्बसम्वत रुपले निर्वाचित गरिएको थियो । यस्तै नेपाल रग्वी संघको १० औं साधारणसभाबाट अध्यक्षमा चयन भएपछि देवकोटाले आगामी ४ वर्षकालागि खेल, खेलाडी र संघको योजना निर्माण लगायतका महत्वपूर्ण निर्णयहरु हुने बताएका छन्।
उनले यो निर्वाचित टिमले सबैको भावना अनुसार काम गर्ने र खेल, खेलाडी र संघको योजनाको बिकासमा लागीपर्ने बताएका छन्। यस्तै साधारणसभालाई सानदार ढंगले सम्म्पन्न गर्नको लागि माहत्वपुर्ण भुमिका खेल्नुहुने प्रमुख अतिथी, बिशेश अतिथि, अतिथिहरु, सबै जिल्ला र प्रदेशबाट सहभागी प्रतिनिधिहरु, निर्वाचन समिति प्रमुख र सदस्यहरु, खेलाडीहरु, प्रशिक्षकहरु साथै रग्वी संघका महाप्रबन्धक लगायत सम्पुर्ण कर्मचारीहरुमा हार्दिक आभारसहित अध्यक्ष देवकोटाले धन्यवाद व्यक्त गरेका छन्। कार्यक्रममा जितपुर सिमरा उपमहानगरका मेयर राजन पौडेल, नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्रराज श्रेष्ठको बिशेष आतिथ्यतामा कर्णाली प्रदेश खेलकुद बिकास परिषदका सदस्य सचीव बि एम सन्ज्यालको सहभागिता रहेको थियो।यस्तै राखेप बोर्ड सदस्यहरुमा अन्जन धमला, नन्दा बस्याल, नेपाल खेलकुद पत्रकार मन्चका अध्यक्ष देबेन्द्र सुबेदी, दक्षिण एसियायी खेलकुद पत्रकार मञ्चका कोषध्यक्ष निरन्जन राजबन्शी, निर्वाचन समिती प्रमुख तथा राखेप खेविवि बिभाग प्रमुख प्रेम बहादुर मल्ल, सदस्य अधिबक्ता उत्तमकुमार अधिकारी,रत्न बुढा लगायतको सहभागितामा साधारण सभा सम्पन्न भएको हो। कार्यक्रममा बिभिन्न पदमा चयन भएका पदाधिकारीहरुलाई सपथ ग्रहण सँगै सम्मान तथा प्रमाण पत्र समेत बितरण गरिएको नेपाल रग्बी संघको केन्द्रीय बोर्ड सदस्यमा निर्वाचित भएका रमेश भट्टराईले जानकारी दिएका छन्।