कैलाली। कैलालीको जोशीपुरमा माघी पर्वको अवसरमा थप दुई दिन बिदा दिने निर्णय गरिएको छ। कैलालीको जोशीपुर गाउँपालिकाले थारु समुदायको महान् पर्व माघीको अवसरमा थप दुई दिन बिदा दिने निर्णय गरेको हो। कार्यपालिकामा बसेको बैठकले माघ २ र ३ गते स्थानीय बिदा दिने निर्णय गरेको हो।
जोशीपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज खत्रीद्धारा जारी स्थानिय बिदा सम्बन्धमा जारी सुचनामा उल्लेख गरिएको छ । गाउँपालिकाले दुई दिन सम्म गाउँपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा विद्यालयहरू बन्द गर्ने जनाएको छ। गाउँपालिकाले माघ १ गते संघीय सरकारले बिदा दिने भएको हुँदा माघ २ र ३ गते स्थानीय तहले बिदा थप गरेको हो ।