धनगढी। सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पदभार ग्रहण गरेका छन्। सपथ ग्रहणलगत्तै उनले पदभार ग्रहणपछि पहिलो निर्णयमा शासकीय सुधार गर्ने प्रतिबद्धता जनाएका छन्।
उनले सुदूरपश्चिमका मन्त्रालय, आयोग, विभाग, सचिवालय तथा अन्य निकायको कार्यसम्पादन प्रणालीलाई सरलीकरण र सुदृढीकरण गर्ने सम्बन्धमा नतिजामुलक कार्ययोजना तयार पार्न प्रदेश सरकारका मुख्यसचिवको संयोजकत्वमा सुदूरपश्चिमको समग्र शासकीय सुधार योजना कार्यदल गठन गरेका छन्। उक्त कार्यदलमा सबैमन्त्रालयका सचिवहरु सदस्य रहेका छन्। ७ दिनभित्र कार्यदललाई प्रतिवेदन तयार पार्न निर्देशन दिइएको जनाइएको छ।