बैतडी। बैतडीमा एक वडा कार्यालयमा तालाबन्दी गरिएको छ। बैतडीको सुर्नया गाउँपालिका वडा नं ६ मा महिला स्वास्थ्य स्वंयमसेवीका हटाउनु पर्ने माग राख्दै स्थानीय महिलाहरूले वडा कार्यालयमा तालाबन्दी गरेका हुन्। स्वंयमसेवीका र आमा समूह गठनमा आफुहरुले राखेका माग वडाले सम्बोधन नगरेपछि तालाबन्दी गर्नुे परेको मनिषा कुवँरले जानकारी दिइन्।
वडालाई लिखित निवेदन दिदा पनि आफुहरुका माग सुनवाइ नभएको उनले बताईन्। महिला स्वास्थ्य स्वंयमसेवीका कृष्णा कुवँरलाई हटाउनु पर्ने र साउन महिनामा गठित आमा समूह नै कायम रहनु पर्ने आफुहरुको माग रहेको स्थानीय महिला कुवँरको भनाई छ। गाउँपालिकाको टोलि आएर एकलौटी आमा समूह गठन गरेर गएका आरोप पनि उनले लगाइन्। यता वडा नं ६ का कार्यबाहक वडा अध्यक्ष लोक बहादुर कुवँरले पूर्वाग्रही ढंगले वडामा तालाबन्दी गरिएको बताए।
स्वास्थ्यलाई दिनु पर्ने निवेदन वडालाइ दिएको र स्वास्थ्य स्वयंसेवीका राख्ने हटाउने अधिकार वडा कार्यालयलाई नभएको कार्यबाहक अध्यक्ष कुवँरले बताए। लामो समय देखि सेवा प्रवाहमा सकृय स्वास्थ्य स्वंयमसेवीका बिना कारण हटाउन नमिल्ने सुर्नया गाउँपालिकाका स्वास्थ्य संयोजक राम सिंह महराले बताए। स्वयंसेविकाले सहि रिपोर्टिङ र काम गरिरहेकाले हटाउने कारण नदेखेको उनले बताए। आमा समूह गठनको अरोपमा स्वास्थ्य संयोजक महराले आफुहरू छलफलका लागि वडामा गएका तर गठन नगरिएको समेत बताए। राजनितीक दाउपेचका हिसावले स्वंयमसेवीका हटाउन खोजिएको कतिपयको भनाई रहेको छ।