दार्चुला। दार्चुलामा तुइनबाट खसेर बालक बेपत्ता भएका छन्। नेपालबाट भारत जाने क्रममा महाकाली नदीमा निर्मित अस्थायी तुइनबाट खसेर १० वर्षीय बालक दीपेन्द्र विष्ट महाकाली नदीमा बेपत्ता भएका व्याँस गाउँपालिकाका प्रवक्ता उपेन्द्र धामीले बताएका छन्।व्यास गाउँपालिका वडा नम्बर ४ डोकटका उनी डोकटस्थित कौनेणी तुइन तर्ने क्रममा खसेर बालक बेपत्ता भएका हुन्।
तर दार्चुलाका प्रहरी निरीक्षक गणेश भण्डारीले भने यसबारे कुनै जानकारी नआएको जानकारी दिए। यता व्याँस गाउँपालिकाका प्रवक्ता धामीले बिहीबार बिहान भारततिर खर काट्न गएकी आमाको पछि गएका बालक तुइनबाट नदीमा खसेको खबर एक जना शिक्षकले आजै दिएको बताए। यस क्षेत्रका स्थानिय खर काटन भारततिर जाने चलन रहेको उनले बताए । उनले सय मिटर माथि झोलुंगे पुल भएपनि सजिलोका लागि स्थानीयले त्यस क्षेत्रमा तुइन हाल्ने गरेको बताउँदै तुइनबाट बालक खसेको जानकारी आएको बताए।