कैलाली। जिल्ला समन्वय समिति कैलालीका प्रमुख पदम बहादुर कलेलको निधन भएको छ। नेपाली कांग्रेस कैलालीका नेता समेत रहेका कैलाली जि.स.स प्रमुख कलेलको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बेदप्रकाश जोशीले पुष्टी गरे।
कलेजो र दुईटै मृगौला काम गर्न छोडेको कारण कलेलको आज दिउसो एक बजे काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको आफन्तले बताएका छन्। दुई साता अघि उपचारका लागि काठमाण्डौं गएका थिए। नेपाली काँग्रेसका तर्फबाट कैलाली जिल्ला समन्वय समितिको प्रमुखका रुपमा निर्वाचित भएका कलेल गौरीगंगा नगरपालिकाको मसुरीयाका स्थायी बासिन्दा हुन्। स्वास्थ्य समस्याका कारण काठमाडौंको टिचिङ हस्पिटल र वीर अस्पतालमा उपचारत थिए।