धनगढी। धनगढीमा समुदायमा आधारित ४ दिने प्राथमिक उपचार तालिम सम्पन्न भएको छ।शहरी विपद तथा भुकम्प पुर्व तयारी परियोजना सुपरको आयोजना र धनगढी उपमहानगरपालिका,युरोपीयन युनियन,यूएनडीपी,युनीसेफ,युएन ओमन, नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा ४ दिने प्राथमिक उपचार तालिम सुरु भएको थियो।
यही पौष १९ गते देखी आज २२ गतेसम्म चारदिने तालिममा विपदपछि प्राथमिक उपचारका क्षेत्र सुरक्षित गर्नुपर्ने, घाईतेको जाँच गर्ने, घाईतेको होस जाँच्ने, बोलाउने, सक्सक्याउने होसमा नभए गुहार माग्ने, वायु मार्ग खुल्ला गर्ने, सास जाँच्ने, हेर्ने, सुन्ने, अनुभब गर्ने, गुहार माग्ने र त्यसपछि आवश्यक प्राथमिक उपचार गर्नेबारेमा जानकारी गराएको थियो।
भुकम्प लगायत विपदपछि भएको घाईतेलाई उपचारकालागी सुरक्षा निकाय, रेडक्रस वा नगरकै प्रतिनिधी पुग्नु भन्दा पहिले टोल छिमेकी पुग्ने भएकोले प्राथमिक उपचारको पहिलो आवश्यकता भएको सुपर परियोजनाका नगर स्तरिय प्राबिधिक अधिकृत बिराज पोख्रेलले बताए। उनले निशुल्क ४ दिने प्राथमिक उपचार तालिममा प्रशिक्षाथीहरुले सिकेको तालिम अन्य समुदायमा बसोबास गर्ने ब्यक्ती, समाजमा कामलाग्ने जानकारी दिएका छन् । उनले विपदका कारण जनधनबाट घाईते भएकाहरुको प्राथमिक उपचार के कसरी गर्न सकिन्छ भन्ने बारेमा तालिम दिइएको बताए । उनले बिशेष गरेर वडा नम्बर १ र २ मा विपद जन्य घटना बढी हुन सक्ने भएकाले सो क्षेत्रमा बढी सेचतना र सुपर परियोजनाले तालिम दिरहेको बताए।
तालिम प्रशिक्षकहरुले पनी तालिम निकै महत्वपुर्ण भएको बताएका छन्। उनीहरुले अन्य ठाउँमा यस्तो तालिम सिक्न रुपैयाँ पैसा तिनुपर्ने भएकाले यो तालिममा उनीहरुले निशुल्क तालिम पाएको बताएका छन्। तालिममा दैनिक जिवनमा आइपर्ने बिपदका घटनाहरुबाट कसरी बच्ने, कसरी सुरक्षीत रहने र बिपदपछि घाईतेहरुलाई कसरी उद्दार तथा प्राथमिक उपचार दिन सकिन्छ भन्ने बारेमा तालिमले निकै फाइदा पुर्याउने बिश्वास ब्यक्त गरेका छन्। यस्तै ४ दिने तालिममा सहभागि उत्कृष्ठमा पंकाजा जोशी प्रथम, हेमन्त ओझा दितिय तथा देवकी पन्त तृतिय भएका छन् । उनीहरुलाई एक कार्यक्रमका बिच पुरस्कार समेत बितरण गरिएको छ।तालिम समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी, अतिथी तथा सरोकारबालाहरुले सिकेको तालिमलाई सदुपयोग गर्न जोड दिएका छन्। कार्यक्रम समापन समारोहका प्रमुख अतिथी धनगढी १ का वडाध्यक्ष सन्तोष मुडभरी रहेका थिए । यस्तै वडा नम्बर २ का धर्म ओझा, धनगढी उपमहानगरपालीकाका वन वातावरण तथा विपद् शाखा प्रमुख लेख नाथ ओझाको पनी सहभागिता रहेको थियो। यस्तै अतिथीमा यु एन डिपी नगरस्तरिय प्राबिधिक अधिकृत विराज पोख्रेल, नेपाल रेडक्रस कैलाली जिल्ला साखाका उपसभापती जगदिश्वर पण्डीत, नेपाल रेडक्रस कैलाली जिल्ला साखाका धर्मराज जोशी, नेपाल रेडक्रस कैलाली जिल्ला साखाका मथुरा प्रसाद तिमीलसेना रहेका थिए। यस्तै ४ दिने तालिमका प्रमुख प्रशिक्षक खगेन्द्र राज जोशी रहेका थिए। यस्तै अन्य प्रशिक्षकहरुमा सुवास चन्द्र भण्डारी, यादव शर्मा, कृष्णा ओझा, रहेका थिए। यस्तै रेडक्रसका रक्षा सिंहलगायत बिभिन्न प्रशिक्षाथीहरुको सहभागिता रहेको थियो।कार्यक्रम सञ्चालन बिकास नेपालीले गरेका थिए ।