डोटी। डोटीको सायलमा परिवार दल र अन्तरार्ष्ट्रिय युवा समाजको सहयोगमा १००पिस बलाङकेट वितरण गरिएको छ । उक्त सहयोगमा सायल गाउँपालिका वडा नम्बर १ छपालीका महिला तथा बिपन्न परिवारहरुलाइ १००पिस बलाङकेट वितरण गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि सायल गाउँपालिका वडा न १ छपालीका वडा अध्यक्ष लाल बहादुर रोकाय र परिवार दलका केन्द्रीय सदस्य धर्म बहादुर रोकायाले एक कार्यक्रमका बिच १००पिस बलाङकेट वितरण गरेका हुन् । यस्तै बलाङकेट वितरण कार्यक्रममा सायल गाउँपालिकाको कार्यपालिकाका सदस्य समाजसेवी बुद्धिजीवी लगायत बिभिन्न समाजसेवीहरुको उपस्थित रहेको थियो । जाडोको समयमा बलाङकेट वितरण गर्दा त्यस क्षेत्रका पिडितहरु निकै खुसी भएका थिए।यस्तै सहयोग र जाडोको बेला बलाङकेट वितरण गरेर सहयोग गरिदिनु भएकोमा नेता खडक नागरीलाइ बृद्धा आमा बुवाले आशिर्वाद तथा धन्यवाद दिएका थिए। साथै नेता नागरीले पनी पार्टी र आफुले यश क्षेत्रमा कुनैपनि समस्या पर्दा आफुले सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका छन्। त्यस क्षेत्रका भुकम्प पिडितहरुलाइ कसैले पनि न्यानो कपडा नदिएको यश क्षेत्रका पिडितले बताएका छन। अरु पार्टीले भोट बैंकको रुपमा प्रयोग गर्दै आएको र कुनै किसिमका सहयोग नगरेको पिडितहरुको गुनासो रहेको पिडित पक्षले बताएका छन्।