दार्चुला। दार्चुलाको लेकम गाउँपालिका–५ मा माटोमा ढिस्कोमा पुरिएर दुई जना महिला घाइते भएका छन्। शनिवार दिउँसो जिल्लाको लेकम गाउँपालिका वडा नम्बर ५ मैखोलीमा रातामाटा भन्ने ठाउँमा माटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर २ महिला घाइते भएका प्रहरीले जनाएको छ। माटो खस्ने क्रममा दुई महिला माटोको ढिस्कोले पुरिएर गम्भीर घाइते भएका छन् ।
लेकम गाउँपालिका–५ मैखोली अम्कुरका ईश्वरी जोशी र माहाना जोशी घाइते भएका लेकम गाउँपालिका–२ का वडाध्यक्ष शिवराज जोशीले बताए। दुइवटै जनालाई तत्काल स्थानीयले उद्धार गरी घाइतेमध्ये ईश्वरीलाई एम्बुलेन्सबाट उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको उनले जानकारी दिए । इश्वरी गम्भीर घाइते छन्। माहानाको स्वास्थ्य अवस्था समान्य रहेको प्रहरीले जनाएको छ।