धनगढी : धनगढी स्थित हिमसिखर बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको १४ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । धनगढी उप महानगरपालिका वडा नम्बर ४ मा मुख्य कार्यालय रहेको शहकारीले आफ्नो १४ औँ बार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
साधारणसभाको उद्घाटन गर्दै सुदूरपश्चिमका भौतिक पुर्वाधा बिकास मन्त्री दीर्घ बहादूर सोडारीले हिमशिखर बहुद्देश्यीय सहकारी संस्थाले अर्थतन्त्रमा महत्वपुर्ण भुमिका रहेको बताएका छन् । मन्त्री सोडारीले सहकारिताका माध्ययमबाट गरिबी निवारणमा महत्वपूर्ण योगदान पुग्दै आएकोले देशको अर्थतन्त्रमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताए ।
शुरुमा हिमशिखर सहकारी २५ जना र कुलपुँजी २५ लाखबाट संचालन गर्दै सदस्यहरुको बित्तीय आवश्यकता पूरा गर्न उत्कृष्ट सेवा प्रदान गर्दै आएकोमा अहिले तीन हजार ५९६ शेयर सदस्य पुगेकोमा प्रशंसा गरे । १४ औं वर्षको अवधीमा हिमशिखरले गरिबी निवारणमा मात्र नभएर सामाजिक क्षेत्रमा समेत उल्लेख्य भूमिका खेलेको मन्त्री सोडारीले बताए । सहकारीले धनगढी उप–महानगरपालिका, गोदावरी, गौरीगङ्गा नगरपालिका र कैलारी गाउँपालिकासम्म शाखाहरू विस्तार गरेर सेवा प्रदान गर्दै आएकोमा उनले प्रशंसा गरे ।
संस्थाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीका अनुसार शहकारीको शेयर पूँजी ३ करोड २९ लाख १३ हजार ५०० रहेकोमा कर्जा लगानी ५७ करोड २४ लाख ८१ हजार ६५४ र ४३ करोड ४९ लाख ९० हजार ११४ बचत तथा निक्षेप रहेको छ । कार्यक्रममो सञ्चालन सहकारीका सचिव विमल जोशीले गरेका थिए भने शुभकामना मन्तव्य उपाध्यक्ष रोशन सिंहले गरेका थिए ।