बैतडी। बैतडीका बजार क्षेत्रहरुमा सवारी हर्न बजाउन निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालयले बढ्दो ध्वनी प्रदूषणलाइ कम गर्न जिल्लाका बजार क्षेत्रहरुमा सवारी हर्न बजाउन निषेध गरेको हो। जिल्ला प्रशासन कार्यालय बैतडीको सर्वपक्षिय बैठकमा सुरक्षा निकाय, जिल्ला ट्राफिक, यातायात व्यवसायी र सरोकारवालाको निर्णय अनुसार जिल्लाका बजार क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरिएको जनाइएको छ।
जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी शंकर बहादुर बोहराले ध्वनी प्रदूषणमुक्त बनाउने उदेश्यले जिल्लाका सबै बजार क्षेत्रमा लागूहुने गरि निर्णय गरिएको जानकारी दिए। यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्न सबैको सहयोगको आवस्यकता रहेको उनले बताए। प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीलेबजार क्षेत्रलाई ध्वनी प्रदूषणमुक्त बनाउन सर्वपक्षिय बैठकबाट हर्न निषेध गर्ने निर्णय गरिएको बताए।
बजार क्षेत्रहरुमा हर्न बजाउन नपाइने निर्णय गरिएको र सबैले यस्को कार्यान्वयनमा सहयोग गर्न अपिल गरेका छन् ।यदि निर्णयको उल्लंघन भए कारबाही समेत गरिने उनको भनाई छ। कसैले नियमको पालना नगरेको पाइएमा वा जथाभावी हर्न बजाएर गुड्ने गाडीलाई निणन्त्रणमा लिएर प्रहरीले कारबाही गर्ने उनको भनाइ छ। यसबाट बजार क्षेत्रमा सवारीसाधनको जथाभावी ध्वनी प्रदूषण कम हुने बिश्वास ब्यक्त गरिएको छ।