धनगढी : सुदूरपश्चिमको प्रमुख रेफरल अस्पतालका रुपमा रहेको सेती प्रादेशिक अस्पताल पछिल्लो समय सेवा बिस्तार गर्दै गइरहेको छ । सुदूरपश्चिमका अस्पतालहरुमा उपचार सेवा नपाएर भारत तथा नेपालगञ्ज, काठमाण्डौँ धाउनुपर्ने बाध्यतालाई सेती प्रादेशिक अस्पतालले अन्त्य गर्दै गइरहेको छ । बिगतमा जटिल केश आउँदा बाहिर पठाउने गरेको सेती अस्पतालले अहिले सामान्य देखी जटिल किसिमको उपचारपनि धनगढीमै गरिरहेको छ ।
तत्कालिन जिल्ला अस्पताल कैलालीबाट शुरु भएको सेती अस्पताल अञ्चल अस्पताल हुँदै देश संघियतामा गएपछि प्रादेशिक अस्पतालका रुपमा परिणत भयो । समस्यानै समस्याका बिच चलिरहेको सेती प्रादेशिक अस्पतालले बिस्तारै ठुल ठुला उपकरण सहित सेवा सुबिधा थप्दै गएपछि यहाँका नागरिकले सामान्य उपचारका लागी बाहिर जानुपर्ने बाध्यता हटेको छ । सेती प्रादेशिक अस्पतालमा भरखरै मात्र सिटि स्क्यान मेशिनपनि सञ्चालनमा आएको छ । ७ करोड बढी लागतमा अस्पतालले सिटि स्क्यान मेसिन खरिद गरेको थियो । दक्ष जनशक्ती अभावका कारण खरिद भएको लामो समयसम्म सञ्चालन नभएको मेसिन मंगलबारबाट सञ्चालनमा आएको छ । यस मेशिनले बाहिरको भन्दा आधा मुल्यमा सिटि स्क्यान सेवा दिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हेमराज पाण्डेले बताए ।
प्रादेशिक अस्पतालले नवजात शिशुका लागी सम्पुर्ण उपचार सेवा सहित एन आइसियु वार्डपनि सञ्चालनमा ल्याइसकेको थियो । बिगतको तुलनामा सम्पुर्ण सुबिधा सहित सेवा दिइरहेको सेती अस्पतालले हाल नवजात शिशुको उपचारका लागी बाहिर जानुपर्ने बाध्यता हटेको जनाएको छ । अस्पतालले १ सय देखी १ सय ५० जना नवजात शिशुलाई मासिक सेवा दिइरहेको वार्ड ईन्चार्ज पशुपति अधिकारीले जानकारी दिइन् ।
अस्पतालले हाल आफ्नै १२ बेड सहित डायलायसिस सेवा दिइरहेको छ । बिगतमा निजि संस्थाबाट सेवा पाइरहेका यहाँका बिरामहिरुले हाल सेती प्रादेशिक अस्पतालबाट निशुल्क डायलायसिस सेवा पाइरहेको वार्ड ईन्चार्ज सुनिता रानाले बताइन् । उनले यहाँबाट डायलायसिस गर्नकै लागी बाहिर जानुपर्ने बाध्यता हटेको बताइन् ।
सेती प्रादेशिक अस्पतालले यि ठुला सेवा बाहेक निकै सुबिधा थपेको छ । फोहोरै फोहोर हुने सेती प्रादेशिक अस्पताल अहिले सफा देखिन्छ । फोहोर ब्यवस्थापनकै लागी बार्षिक १५ लाख खर्चिने सेती अस्पतालले हाल त्यही फोहोर प्रसोधनबाट मासिक ५० हजार बढी आम्दानी गरिरहेको मेडिकल सुपरिटेन्डेन्ट पाण्डेले बताए । अहिले लाश घर समेत ब्यवस्थित गरिन लागेको पाण्डेले बताए । चाँडै लाशघरमा फ्रिज जडान हुन लागेको उनले बताए ।
अस्पतालले नयाँ भवनबाट ओपिडि सेवापनि शुरु गर्ने तयारी गरेको छ । सेती प्रादेशिक अस्पतालमै डायलायसिस प्रशिक्षण समेत शुरु गर्ने तयारी प्रशासनले गरेको छ । आइसियु वेड सञ्चालन गरेको अस्पतालले १५ बेड मार्फत सुबिधा दिइरहेको छ । यस संगै एम आर आइ सेवापनि अस्पतालले छिटै सञ्चालन गर्ने अस्पताल ब्यवस्थापन समिति अध्यक्ष निर्मल शाहले बताए । उनले सबै भन्दा महत्वपुर्ण काम नर्सिङ कार्यक्रम शुरु गरी सेती प्रादेशिक अस्पतालले यहाँका स्वास्थ्य बिषय पढ्न चाहाने बिद्यार्थीहरुलाई शुलभ दरमा पठन पाठन समेत शुरु गर्ने तयारी गरेको बताए ।
बिगतको तुलनामा भौतिक संरचना र उपकरण सेती अस्पतालमा निकै थपिएका छन् । उपकरण थपिएपनि बिरामीको चाप अनुसार जनशक्ती निकै अभाव छ । सुदूरपश्चिमकै प्रमुख अस्पताल सेतीमा अँझै संरचना थपी आवश्यक जनशक्ती थप्न सके पक्कै यहाँका जनताले सामान्य स्वास्थ्य सेवाका लागी महंगो शुल्क तिरेर निजि अस्पताल धाउनुपर्ने थिएन ।