कञ्चनपुर। कञ्चनपुरमा सरकारी सवारी साधनको चरम दुरुपयोग भएको पाईएको छ। कार्यालयको कामकाज भन्दा पनि निजी काम र मोजमस्तीका लागि सरकारी सवारी साधन दुरुपयोग भएको पाईएको हो । कञ्चनपुरमा सार्वजनिक विदाका दिन महाकाली पुल योजना कार्यालयको सरकारी गाडी (जिप) कर्मचारीले नै दुरुपयोग गरेको भेटिएको पाइएको हो।
बिद्यार्थी सँगठनहरुले उक्त गाडी नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ । कञ्चनपुरका एमाले निकट अनेरास्वबियु विद्यार्थी नेता कमल रोकायाले सरकारी सवारी साधन दुरुपयोग बढेको गुनासो आएपछि आफुहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको बताए। उनका अनुसार महाकाली पुल आयोजनाका ईन्जिनियर प्रशान्त भट्टले कार्यालयदेखि धनगढी तर्फ लगिरहेको अवस्थामा पुर्वश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत भीमदत्त नगरपालिका ४ भाँसीमा रोकेर प्रहरीलाई बुझाएको बताए ।
प्रदेश ३ बा ०६७९नम्बरको सवारी साधन(जिप) रोकेर प्रहरीलाई बुझाएको बताए । आइतबार इसाई धम्र्बालम्बी दिवसको अवसरमा कञ्चनपुरको महाकाली पुल आयोजना कार्यालयको सवारी साधन दुरुपयोग भएको भन्दै एमाले माआवादीका युवा विद्यार्थीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको माओवादी निकट अखिल क्रान्तिकारीका नेता कैलाशचन्द्र गिरीले बताए । विद्यार्थीहरूले गाडी (जिप) नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बताए।
योजना कार्यालयका इन्जिनियर प्रशान्त भट्टले सरकारी गाडी (जिप) नीजि प्रयोजनमा प्रयोग गर्ने गरेको स्रोतले बताएको छ । तर, योजना कार्यालयका प्रमुख इन्जिनियर रामबहादुर गुरुङले भने सरकारी गाडी (जिप) नीजि प्रयोजनमा प्रयोग नभएको दाबी गरेका छन् । साइट हेर्न जाने कर्मचारीले गाडी प्रयोग नपाउने तर इन्जिनियर भट्टले भने घुम्न जान आफ्ना लागि गाडी स्ट्यान्डवाइ राख्ने गरेका छन्। उनले उक्त गाडी व्यक्तिगत रुपमा प्रयोग नभई धनगढीमा साइट हेर्नुपर्ने र साइट हेरेपछि काठमाडौं तालिमकालागि जान लागेको बताए । उनले आफुले ब्यक्तीगत रुपमा गाडी प्रयोग नगरेको दाबी गरेका छन् ।
इन्जिनियर भट्टका अनुसार प्राविधिक कर्मचारीले फिल्डमा विदाका दिन पनि जानुपर्ने भएकाले सो कुरा नबुझेर कर्मचारीले गाडी चलायो भनेर भन्दा हामीलाई पनि अफ्ठारो हुने बताए । यो अफ्ठारो कोही बुझ्दैनन्।’ इन्जिनियर भट्टले सरकारी गाडी मनलाग्दी रुपमा चलाउने मात्र नभएर उनले योजना कार्यालयको एक थान मोटरसाइकल समेत घर लगेको बताइएको छ। शनिबार सुपप्र ०१००१ब१६८६ मोटरसाईकल समेत बेदकोटको एक मदिरा पसलमा राती भेटिएको उक्त मोटरसाईकल समाजिक सञ्जालमा भाईरल भैहेको छ। यसरी सरकारी कर्मचारी, जनप्रतिनिधीले सरकारी साधनको धुलोराम हुँदासम्म दुरुपयोग गर्ने कार्य नरोकिएपछि विद्यार्थी युवा संगठनले नियन्त्रण गर्दै जाने चेतावनी दिएका छन। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्यालले सरकारी सवारी साधन दुरुपयोग रोक्ने र त्यस्तो गरेको भेटिएर कार्बाही गरिने बताए।
कञ्चनपुरमा कतिपय कर्मचारीले सरकारी सवारी साधन दुरुपयोग मात्रै होईन दोहन गरेको भन्दै आवाज उठेपनि नियन्त्रण गर्ने निकायले सुन नसुनेको जस्तै गरेका छन । स्थानीय, प्रदेश र संघीय सरकार मातहत रहेका विभिन्न सरकारी कार्यालयका दुई तथा चार पाङग्रे सवारी साधन निजी काम तरकारी, राशन ओसार्ने, पिकनिक जाने, मदिराका पसलमा भेटिने गरेका छन । सार्वजनिक विदाका र अन्य दिनमा समेत सरकारी कामकाजका लागि भन्दै सवारी साधन दुरुपयोग गर्नेक्रम बढेको भन्दै गुनासो बढेपनि सरकारी सम्पत्ती दुरुपयोग गर्ने परम्परा रोकिएको छैन। सरकारी सम्पत्ती दुरुपयोग रोक्नका लागि प्रशासन र अख्तियारका कार्यालयलाई ठाडै चुनौती दिएर दुरुपयोग भईरहेका छन । एमाले–माओवादीले सार्वजनिक विदाका दिनमा समेत सरकारी साधन आफ्नै घरको सम्पत्ती र ससुरालीबाट दाईजो दिएको जस्तै ठानेर दुरुपयोग गर्न थालेपछि नियन्त्रणमा लिएर प्रशासनमा बुझाएको बताएका छन । यस तर्फ सम्बन्धित सरकारी कार्यालय, प्रशासन तथा सरकारी निकाय गम्भिर बन्न आवश्यक छ।