धनगढी। सुदुरपश्चिम प्रदेशमा विद्यालय स्तरका नृत्य तथा गायन प्रतिभा उजागर गर्ने उद्देश्यले एसईई आइडल २ आयोजना हुने भएको छ । प्रभात मिडिया एण्ड इभेण्ट प्राली धनगढीको आयोजनामा सुदुरपश्चिम प्रदेशका ९ जिल्लाका २५ स्थानमा एसईई आइडल २ आयोजना हुने आज पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो।
प्रभात मिडिया एण्ड इभेण्ट प्राली धनगढीका अध्यक्ष प्रकाश क्षेडालले प्रतियोगिताको अडिसनहरू २०७९ पुष देखी २०८० बैशाख सम्म सुदुरपश्चिमका २५ स्थानमा हुने जानकारी दिए । उनले प्रतियोगिताका फाइनल आयोजना २०८० असार २ गते हुने भएको छ । शिक्षा प्रति राज्यलाई थप उत्तरदायी बनाउन दबाब दिन,विद्यार्थीहरूका प्रतिभा प्रस्फुटन गराउन, शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न व्यापार व्यवसायको प्रवर्द्धन गर्न मुख्य उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिन लागेको प्रभात मिडिया एण्ड इभेन्ट प्रा।लिका अध्यक्ष छेडालले जानकारी दिए।
प्रतियोगितामा एसईई सिंगिङ आइडल र एसईई डान्सिङ आइडल गरि दुई विधामा प्रतिस्पर्धा हुनेछ ।एसईई डान्सिङ आइडलको विजेतालाई रु ५० हजार नगद सहित ट्रफि, छात्रवृत्ति, गिफ्ट ह्याम्पर र उप विजेतालाई २५ हजार नगद सहित ट्रफि, छात्रवृत्ति, गिफ्ट ह्याम्पर प्रदान गरिने छ । यस्तै एसईई सिंगिङ आइडल विजेतालाई पुरस्कार रु २० हजार नगद सहित छात्रवृत्ति, गिफ्ट हयाम्पर र उप विजेतालाई रु १० हजार नगद सहित छात्रवृत्ति, गिफ्ट ह्याम्पर पुरस्कार प्रदान गरिने छ । प्रतियोगितालाई चौधरी गुरुप (वाई वाई चाउचाउ) , र सुदूरपश्चिमाञ्चल एकेडेमीले प्रायोजन गरेका छन् ।
१ प्रतियोगितामा सहभागी हुने टोलीले यस बर्ष एकै बिद्यालयबाट एसईई दिने २ जना देखी बढीमा ६ जना सहभागी हुन पाउने छन् । एक बिद्यालयबाट एक भन्दा बढी टोली सहभागी हुन पाउने
२, प्रतियोगितामा अडिसन राउण्डमा सहभागी हुन प्रतियोगी टोलीले कुनै इन्ट्री शुल्क तिर्नु दिनुपर्दैन ।
३, कुनैपनी बिद्यालय वा स्थानमा हुने अडिसन प्रतियोगीतामा एकै बिद्यालयका वा फरक फरक बिद्यालयका टोलीहरुले सहभागी हुन पाउनेछन् ।
४ स्थानिय तथा नेपाली भाषामा हुने संस्कृती र मौलिकता झल्कीने नृत्यलाई बिशेष प्राथमिता दिइनेछ ।
५, २५ भन्दा बढी स्थानमा प्रतियोगीताका अडिसन वि स २०७९ सालमा आयोजना गरि अडिसनमा समावेश नृत्यलाई आयोजकको अधिकारिक फेसबुक पेजमा अपलोड गरिनेछ ।
निश्चीत समयावधी भित्र ति नृत्यले फेसबुकमा पाएको लाइक भ्युजका साथ साथै निर्णायकको निर्णयको आधारमा उत्कृष्ट २० नृत्य टोलीलाई बिस २०८० जेठ वा असारमा हुने फाइनलमा समाबेश गरिनेछ ।
६, हरेक अडिसनका सहभागी टोलीलाई पनि पुरुस्कार तथा छात्रवृत्तीको ब्यवस्था गरिएको छ ।
७ यस प्रतियोगीताको फाइनलमा एसईई बिद्यार्थीहरुले प्रत्यक्ष रुपमा उपस्थीत भएर मन परेको नृत्यटोलीलाई भोट गर्न पाउनेछन् ।
८ फाइनलमा निर्णायक र निशुल्क भोटका आधारमा प्रतिस्पर्धीलाई अंक प्रदान गरिने जनाइएको छ ।
फाइनलमा उत्कृष्ट १० प्रस्तुतलाई अवसर दिइनेछ । यो एकल गायन प्रतियोगिता रहेकोले सबै नियमहरु डान्सिङ आइडल सरह रहेको जनाइएको छ ।