दार्चुला। दार्चुलास्थीत महाकाली नदीमा बगेर एक महिलाको मृत्यु भएको छ । दार्चुला सदरमुकाम नजिकैको महाकाली नदीमा बगेर शनिबार दिउँसो एक महिलाको मृत्यु भएको प्रहरीले बताएको छ। महाकाली नगरपालिका-४ स्थित बङ्गाबगरबाट महाकाली नदीमा खसेर ब्यास गाउँपालिका १ छांग्रुकी अन्दाजी ७० वर्षीया बिन्दा ऐतवातको मृत्यु भएको हो।
महाकाली नदीले बगाएर ल्याएको महिलाको शव महाकाली नगरपालिका ४ स्थित डुम्पानी भन्ने ठाउँ (भारततर्फ) फेला परेको स्थानीय भोजराज जोशीले बताए। भारतीय प्रहरिले ढुङ्गाको बीचमा अड्किएको शव निकालेर पोस्टमार्टमका लागि पिथौरागड जिल्लाको धार्चुला अस्पतालमा लगिएको जनाएको छ । नदीले ती महिलालाई कसरी बगायो भन्नेबारे यकिन जानकारी आइसकेको छैन । घटनाका बारेमा अनुसन्धान गरीने प्रहरीले जनाएको छ।