धनगढी। धनगढी उपमहानगरपालिकामा भोलिदेखि एक हप्तासम्म दैनिक ८ घण्टा विद्युत अवरुद्ध हुने भएको छ। निर्माणाधिन सडकमा विद्युतीय संरचना स्थानान्तरणका लागि पौष ७ गते देखि पौष १३ गते सम्म बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म विद्युत अवरुद्ध हुने भएको हो।
नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले धनगढी उपमहानगरपालिकाको कार्यालयदेखि निर्माणाधिन चटकपुर चोक र पश्चिम रिङ्गरोड सम्मको सडकमा रहेका विद्युतीय संरचना हटाउन राजपुर फिडरको विद्युत लाइन अवरुद्ध हुने जनाएको छ।साथै ग्राहबवर्गमा पर्न जाने असुबिधा प्रति क्षमा रहेको बताएको छ ।