धनगढीमा प्याराडाइज रेस्टुरेन्ट सञ्चालनमा आएको छ। धनगढीको उत्तरवेहडी नास्ट कलेज नजिक रेस्टुरेन्ट संचालनमा आएको हो। रिक्साबाट व्यवसाय सुरु गरेका सुनिल यादवका बुवा सुवोधराई यादवले उक्त व्यवसायलाई रेस्टुरेन्टसम्म पुर्याएका छन्।
दशक बढी रिक्सा चलाएका सुनिलका बुवाले त्यसपछि टेन्ट हाउसको व्यवसाय सुरु गरे। ‘मेरो बुवाले रिक्साबाट सुरु गरेको व्यवसायलाई अहिले आएर टेन्ट हुँदै रेस्टुरेन्टसम्म पुगाउन सफल हुनुभएको छ’, उनले भने, ‘आज वुबाकै आर्शिवादले रेस्टुरेन्ट र धनगढी आर्ट म्यूजियम संचालनमा ल्याएका छौँ। अझै लगानी बढाउने सोच छ।’
उनले आफ्नै करिब एक करोडको लगानीमा उक्त रेस्टुरेन्ट र धनगढी आर्ट म्यूजियम सञ्चालनमा ल्याएको बताएका छन्। म्यूजियमको काम अन्तिम चरणमा रहेको र माघ पहिलो हप्तादेखि सञ्चालनमा ल्याइने यादवले बताए। सस्तो र मिठो खाना दिने आफ्नो पहिलो प्राथमिकता रहने बताएका छन्।
फोटो फिचर