बाजुरा। बाजुरा चेतन अयडी हत्या प्रकरणमा मुछिएका एक् जना वडाअध्यक्ष निलम्बनमा परेका छन् । चेतन अयडी हत्या प्रकरणमा मुछिएका बाजुराको त्रिबेणी नगरपालिका ७ का वडा अध्यक्ष जुद्ध बहादुर अयडी निलम्बनमा परेका हुन्।
त्रिवेणी ७ बस्ने चेतन अयडी हत्या प्रकरणमा प्रक्राउ परेका वडा अध्यक्ष अयडीलाइ पूर्वपक्षका लागि जिल्ला कारागार बाजुरा चलान गरिएपछि वडा अध्यक्षबाट उनी निलम्बनमा परेका हुन् ।वडा अध्यक्ष अयडी थुन चेक आदेशमार्फत कारागार पठाएपछि उनी वडा अध्यक्षबाट स्वतः निलम्बनमा परेको निर्वाचन आयोगका उपन्याधिबक्ता गुरु प्रसाद वाग्लेले बताए । जिल्ला अदालत बाजुरा श्रेष्तादार पुष्पराज पाण्डेले वडा अध्यक्षलाई थप अनुसन्धानका लागि कारागार पठाइसकेकाले उनी अहिले निलम्बनमा परेको बताए ।
उनी निर्दोस रहेको पुष्टि भएमा भने निलम्बन फुकुवा हुने उनले बताए। मंगलबार जिल्ला अदालत बाजुराले थुन चेक आदेशमार्फत वडा अध्यक्षसहित ९ जनालाई पूर्वपक्षका लागि कारागार चलान गरेको हो । सरकारी वकिल कार्यलय बाजुराले २४ जनाविरुद्ध जन्मकैद माग दाबीसहित जिल्ला अदालत बाजुरामा उजुरी दर्ता गरेको थियो ।२४ जना मध्ये १० जना मात्र प्रक्राउ गरेको थियो । एक जना मुटुको उपचारमा रहेकोले प्रहरीले ९ जनालाई मात्र जिल्ला अदालत पेश गरेको थियो। बाँकि १४ जना फरार रहेको प्रहरीले जनाएको छ। जिल्ला अदालत बाजुराले बाँकि १५ जनालाई ३० दिन भित्र अदालतमा हाजिर हुन पत्रचार सँगै वारेन्ट जारी गरेको छ।
वडा अध्यक्ष जुद्ध नाटेश्वरी मन्दिरमा दलित पसेको भन्दै कुटपिट आरोपमा २ महिना पहिला जिल्ला अदालत बाजुराबाट १ लाख धरौटिमा छुटेका थिए। वडाअध्यक्ष सहित अन्य ३ जना १ लाख धरौटिमा छुटेका थिए । त्रिबेणि नगरपालिकाको नाटेश्वरी मन्दिरमा दलित माथि कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यलय बाजुरामा तिन जना विरुद्ध मुद्दा दर्ता भएको थियो ।त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा रहेको नाटेश्वरी मन्दिरमा प्रवेश गरी पूजापाठ गरेको भन्दै टेकेन्द्रसिंह सुनारलाई कुटपिट भएको प्रहरीले जनाएको छ । वडा अध्यक्ष अयडी अयडी नेपाली काँग्रेस निर्वाचित भएका हुन्।
त्रिबेणी ७ को नाटेश्वरी आधारभुत बिद्यालयमा मतदानको बिबादलाई लिएर दुइ जनाको मृत्यु भएको थियो। ४ गते दिउँसो मतदानको समयमा नेपाली कांग्रेसका कार्याकर्ताले बुद कब्जा गर्न खोजेपछि सुरक्षाकर्मीले गोली चलाउँदा एक जनाको घटना स्थलमै मृत्यु भए पश्चात बिबादले चर्को रुप लिएको थियो । सुरक्षाकर्मीको गोलि लागेर स्थानिय कांग्रेस कार्यकर्ताको वडा नम्बर ७ का सञ्जिब अयडिको मृत्यु भएको थियो। ४ गते साँझ त्रिवेणी ७ बस्ने अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अयडीको कांग्रेस कार्यकर्ताको कुटपिट बाट मृत्यु भएको थियो । मतदान केन्द्रमा भएको झडपमा प्रहरी हवल्दार कृष्ण कुँवरसहित तीन जना घाइते भएका थिए ।