बैतडीको पाटनमा मृत फेला परेका शिक्षक धनबहादुर बिष्ट मृत्यु प्रकरणमा नेकपा एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष तथा प्रतिनिधीसभा सदस्य दामोदर भण्डारीले चासो ब्यक्त गरेका छन् ।
भण्डारीले बिद्यालयको हस्टेल बाहिर शिक्षक मृत फेला परेको घटनालाई गम्भिरताका साथ लिएको बताएका छन् । परिवारका आफन्त, बिद्यार्थी तथा शिक्षक संगठनले समेत शंकास्पद रहेको बताइरहँदा प्रशासनले चाँडो छानबिन गरी सत्य तथ्य बाहिर ल्याउनुपर्नेमा भण्डारीले जोड दिएका छन् । मृतक बिष्ट प्रती श्रदाञ्जली ब्यक्त गर्दै उनले आवश्यक छानबिनका लागी प्रशासनलाई सहयोग गर्न सबैलाई अपिल गरेका छन् ।
गएको शनिबार कृष्ण मावि पाटनको छात्रबास पछाडि शिक्षक धनबहादुर बिष्ट मृत अवस्थामा फेला परेका थिए । मृतक बिष्टको अनुहार, शरीरमा चोट लागेको देखिएकाले हत्या भएको परिवारजनले आशंका गरेका छन् ।