कैलाली। कैलालीको अत्तरियाका सुनचाँदी व्यवसायीहरूले असुरक्षा बढेको भन्दै पसल बन्द गरेका छन्। दिनदहाडै प्रहरीकै अगाडि व्यवसायीमाथि गोली प्रहारगरी लुटपाट भएको र गोली प्रहारले व्यवसायीहरु असुरक्षित भएको भन्दै अत्तरिया क्षेत्रका पसल बन्द गरिएका हुन। सुनचाँदी व्यवसायी संघ कैलालीका अध्यक्ष कमलप्रसाद लामिछानेले व्यवसायीहरूमा त्रास बढेको र सुरक्षाको अनुभूति नभएको भन्दै व्यवसाय बन्द गर्नुपरेको बताए।
दिनदहाडै गोली प्रहारगरी सुन लुटिएको घटना सामान्य नभएको बताउदै अध्यक्ष लामिछानेले घटनामा संलग्नको पहिचानगरी पक्राउ नगरेसम्म व्यवसायीहरू सुरक्षित नहुने बताए। उनले अहिले एकजनालाई परेको उक्त घटना पछि अरु व्यवसायीहरूमाथि समेत हुन सक्ने भन्दै सबैलाई सतर्क रहन आग्रह समेत गरे। यस्तै अत्तरियामा भएको गोलिकाण्ड घटनाको सुनचाँदी आभुषण व्यवसायी संघ अत्तरिया उपसमितिले भत्र्सना गरेको छ ।
संघले प्रेस विज्ञप्ती जारी गर्दै दिनदहाडै सुरक्षाकर्मीको नजिकै भिडभाड युक्त ठांउमा व्यापारी माथि ज्यान मार्ने उद्देश्यका साथ लुटपाट गर्ने किसिमले भएको आक्रमण भत्र्सना गरेको हो ।हस्ताक्षरित विज्ञप्ती मार्फत घटनाको स्वच्छ छानविन गरी यथासिघ्र दोसीलाई हिरासतमा लिई कानुनी कारवाही गर्न माग गरिएको छ । यस्तै अत्तरिया उधोग बाणिज्य संघले पनी प्रेस विज्ञप्ति जारी गर्दै ज्यान लिने उदेश्यले व्यबसायी माथि गोली प्रहार घटनाको बिरोध गर्दै सुरक्षा माग गरेको हो।अध्यक्ष अशोक देवकोटाद्वारा हस्ताक्षरित विग्यप्ती मार्फत घटनाको भत्र्सना गर्दै दाषीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गरिएको छ।
आईतबार साँझ अत्तरियामा सुनचाँदी व्यवसायीमाथि ईलाका प्रहरी कार्यालय मालाखेती र सुदूरपश्चिम प्रदेशको सशस्त्र प्रहरी मुख्यालयनजिकै गोली प्रहार भएको थियो । गोदावरी नगरपालिका १ धनगढी रोडमा रहेको न्यु घोडाघोडी सुनचाँदी पसलका सञ्चालक ३१ वर्षीय विकास गौतम (सुनार) माथि मोटरसाइकलमा आएका दुईजनाको समूहले गोली प्रहार गरेको थियो । खततामुक्त रहेका विकासको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भैरहेको छ । उनको हातमा गोली लागेको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदप्रकाश जोशीले पसल बन्द गरेर डेरातिर जाँदै गरेका विकासलाई गोदावरी नगरपालिका २ शसस्त्र प्रहरीको मुख्यालय अगाडी पूर्वबाट पश्चिम तर्फ आउदै गरेको नम्बर नखुलेको सेतो कलरको अपाची मोटरसाइकलमा आएका दुईजना व्यक्तिले गोली हानेर उनीसँग रहेको तयारी सुनका करिब ३२/३३ तोला सुन लुटेर फरार भएको बताए । प्रहरीले लुटेराहरूको पहिचानका लागि सुनचाँदी पसलदेखि गोली प्रहार भएको स्थानका सिसिटिभी क्यमेराको फुटेजको समेत अनुसन्धान गरिरहेको जानकारी दिए।