धनगढीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । धनगढी उप महानगरपालिका मिलनचोकमा रहेका लालिगुराँस होटलमा काम गर्दै आएका डडेल्धुराको भागेश्वर गाउँपालिका १ बट्टानीका महेश भारतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहान ७ बने होटेलमाथीको तारबाट करेन्ट लागेका भारतीको उपचारका क्रममा मायामेट्रो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक वेद प्रकाश जोशीले बताए । करिब १८,१९ बर्षका भारतीको होटेलमा पोचा लाउने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले बताएको छ ।