बाजुरा। बडिमालिका नगरपालिकामा करारका कर्मचारीद्धारा तालाबन्दी गरिएको छ । जिल्ला सदरमुकाम मार्तडीमा रहेको बडिमालिका नगरपालिकामा म्याद थप नभएका करार कर्मचारीहरुले तालाबन्दि गरिएको जनाइएको छ । नगरपालिकाको १३ औ बठैकले केही कर्मचारीहरुको म्याद थप नगर्ने भन्ने निर्णय गरेको थियो।
एक जना कर्मचारीका अनुसार आफुहरुलाई जागिर बाट निकाल्नाका कुनै कारण नदेखाइ निकालिएको हुदाँ आफुहरु ताला लगाउन बाध्य भएको बताए । बडिमालिका नरपालिकाको मंसिर २९ गते बसेको बैठकले नगरपालिकाको मातोहतका वडा कार्यालय,स्वास्थ्य चौकी, सहरी स्वास्थ्य केन्द्र अन्तगर्तका कर्मचारीहरुको पुस १ गते बाट नियुक्ती म्याद नथप्ने निर्णय गरेको थियो।
नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका,सूचना प्रविधि अधिकृत,पञ्जिकरण कार्यक्रमअन्तर्गतका,युनिसेफ अन्तर्गतका कर्मचारी,साविकको गाउँविकास समितिको कार्यलयबाट समायोजन भइ आएका,कृषि प्रसार अधिकृत, २०७४ साल भन्दा अगाडि नियुक्ती भएका कर्मचारीहरु बाहेक अरु सबै कर्मचारीहरु पुष १ गते बाट म्याद थप नगरी हटाएको छ।सो नगपालिकामा नेकपा एमाले निर्वाचित भइसकेको पछि नगरपालिकाले प्रदान गर्ने सेवा सुविधामा राजनितिक आस्थाका आधारमा विभेद गर्ने गरेको स्थानियको जनगुनासो रेहेको छ । बडिमालिका नगरपालिकाका सबै वडाहरूमा ताला लगाउने काम भइरहेको रमेश थापाले जानकारी दिएका छन । आफ्ना मागहरू पुरा नहुदाँ सम्म ताला नखोलिने पिडित कर्मचारीले बताएका छन ।