बाजुरा। बाजुरामा चेतन अयडीको हत्याको विरोधमा यातायात सेवा बन्द गरिएको छ। अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष चेतन अयडीको हत्या विरोधमा बाजुरामा यातायात सेवा बन्द गरिएको हो।
अनेरास्ववियु बाजुराका सहसचिब प्रेम नेपालीद्धारा जारी गरिएको प्रेस बिज्ञप्तीमा पौष २ गते (हिजो) अपह्रान्न ४ बजेदेखी जिल्ला भरी सँचालनमा आएका एम्बुलेन्स बाहेकका सबै सेवाहरु अनिश्चीतकालका लागि बन्द गरिएको जनाएकोे छ। घटना भएको एक महिना बित्दा समेत हत्यामा संलग्नलाई कारबाहीको दायरामा नल्याइएको भन्दै अनेरास्ववियुले शनिवार साँझदेखि अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका हुन्।
प्रहरी प्रसाशनको लापरवार्हीले दोषीलाई पक्राउ नगरेको अनेरास्ववियुको आरोप छ। यातायात बन्द पछि शनिबार साँझदेखि बाजुरामा लामो तथा छोटो दूरीका कुनै पनि सवारीसाधन चल्न नसकेको प्रहरीले जनाएको छ। मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका दिन भएको विवादलाई लिएर त्रिवेणी नगरपालिका ७ का अयडीमाथि घरमै कुटपिट गरिएको थियो। उनको उपचारका क्रममा बयलपाटा अस्पतालमा निधन भएको थियो।