काठमाडौं। गायिका समीक्षा अधिकारी केही समययता नराम्ररी बिथोलिएकी छिन्। एउटा चर्चित प्रकरणमा जेलिएर उनको निजी जीवन नराम्ररी प्रभावित बनिरहेको छ। विवादमा परेदेखि समीक्षा लामो समय सामाजिक सञ्जालबाट अलप भइन्। केही समयदेखि फेरि सक्रिय छिन्। आफ्ना गतिविधिहरूबारे जानकारी दिइरहेकी छन्।
हिजो मध्यरातको एउटा पोष्टले भने समीक्षाका फ्यानहरूलाई चिन्तित तुल्याएको छ। राति करिब साढे १२ बजे उनले निकै विरक्त लाग्दो स्टाटस लेखेकी थिइन् । केहीबेरमा हटाइन् । तर, उनले हटाउनुअघि नै धेरैले यसको स्क्रिनसट राखिसकेका थिए । के थियो त त्यो स्टाटस ?-समीक्षाले लेखेकी थिइन्, ‘मलाई अति नै गाह्रो भइसक्यो । अब म बाँच्न सक्दिनँ ।’ उनले आखिर किन लेखिन् त यति निराशाजनक स्ट्याटस रु करिअरका हिसाबले समीक्षा उर्वर समयमा छिन् । टिनएजमै उनले सांगीतिक क्षेत्रमा लोभलाग्दो सफलता आर्जन गरिसकिन् । तर, प्रेम र स्क्यान्डलले उनको करिअरलाई निकै क्षति पुर्याइरहेको छ । उनी अझै पनि यो विषयबाट बाहिर निस्कन नसकेको आभास उक्त स्टाटसले दिएको छ। उनलाई हौसला दिने भन्दा पनि नराम्रा कमेन्टहरुको बर्षा नै भेटिन्छ।