धनगढी : मालिकार्जुन दार्चुला सेवा समिति कैलालीले धनगढीमा बृहत रक्तदान कार्यक्रम आयोजना गर्न लागेको छ । सामाजिक सेवा अन्तरगत समितिले बार्षिक कार्यक्रम अनुसार बर्षमा २ पटक रक्तदान कार्यक्रम गर्दै आएको छ । सोही तालिका अनुसार धनगढीमा पुस ९ गते रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको समितिका अध्यक्ष महेन्द्र पन्तले जानकारी दिए ।
धनगढी उप महानगरपालिका वडा नम्बर ५ स्थित समितिको आफ्नै भवनमा रुक्तदान कार्यक्रम आयोजना गर्न लागिएको पन्तले बताएका छन् । बिहान ८ बजेदेखी शुरु हुने रक्तदान कार्यक्रममा सहभागीताका लागीपनि पन्तल आग्रह गरेका छन् ।