काठमाडौं। जाजरकोटमा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ। जाजरकोटको छेडागाड नगरपालिका ४ को भिरपाटीमा जीप दुर्घटनामा परेको हो । जाजरकोटको छेडागाड नगरपालिका वडा नम्बर ४ र ५ को बीचमा पर्ने भीरबाटी भन्ने ठाउँमा जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको हो भने १ जना घाइते भएका हुन्।
दुर्घटनामा घटनास्थलमै ९ जनाको मृत्यु भएको र २ जनालाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छेडागाड नगरपालिकाका मेयर रत्नबहादुर खड्काले जानकारी दिए। दुर्घटनामा दैलेखको भगवती माई गाउँपालिकाका चालक मानबहादुर राउतको समेत मृत्यु भएको छ। वडा नम्बर ४ जेवाबाट वडा नम्बर ५ थलह बिरामी लिन जाने क्रममा जिप दुर्घटनामा परेको मेयर खड्काले बताए। उनका अनुसार जिप सडकबाट करिब ३ सय मिटर तल खसेको थियो। घाइते एक जनालाई उपचारका लागि सुर्खेत पठाइएको मेयर खड्काले बताए।जिप दुर्घटनामा ज्यान गुमाउनेहरू
मानबहादुर राउत, भगवती माई गाउँपालिका–२, दैलेख
वीरेन्द्र केसी, भगवती माई गाउँपालिका–३, दैलेख
अम्बरबहादुर खड्का, भगवती माई गाउँपालिका–३, दैलेख
वीरबहादुर खत्री, छेडागाड नगरपालिका–६, जाजरकोट
जैकुवरा बुढा, छेडागाड नगरपालिका–५, जाजरकोट
नैनसरा अधिकारी, छेडागाड नगरपालिका–५, जाजरकोट
रामबहादुर बुढा, छेडागाड नगरपालिका–५, जाजरकोट
दीपक अधिकारी, छेडागाड नगरपालिका–५, जाजरकोट
देवीसरा बुढा, छेडागाड नगरपालिका–५, जाजरकोट
अम्बर अधिकारी, छेडागाड नगरपालिका–५, जाजरकोट
निशा अधिकारी, छेडागाड नगरपालिका–५, जाजरकोट