काठमाडौं। गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा ५.०६ प्रतिशत मत बदर भएको छ। निर्वाचन आयोगका उपसचिव कमल भट्टराईका अनुसार मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा कुल खसेको मतको ५.०६ प्रतिशत मत बदर भएको बताए। उनले प्रदेश सभाको समानुपातिक तर्फको मत सबैभन्दा बढी बदर भएको बताए।
उनले प्रदेश सभाको समानुपातिकतर्फ औसतभन्दा बढी ६.५५ प्रतिशत मत बदर भएको जानकारी दिए। त्यस्तै सबैभन्दा कम प्रदेश सभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मत बदर भएको बताए। प्रदेश सभामा प्रत्यक्ष निर्वाचन प्रणाली तर्फको बदर मत प्रतिशत ४.०७ प्रतिशत रहेको उनले जानकारी दिए। त्यस्तै सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा मत बदर भएको उनले जानकारी दिए। उपसचिव भट्टराईले संचारकर्मीसँग कुरा गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचनतर्फ सुदूरपश्चिम प्रदेशमा ५.७० प्रतिशत मत बदर भएको छ भने सबैभन्दा कम वागमती प्रदेशमा ४.१६ प्रतिशत मत बदर भएको बताए।
‘मतदानमा विगतको तुलनामा र आयोगले गरेको अपेक्षा भन्दा कम मतदान भएको हामीले पायौँ। समग्रमा हेर्ने हो भने ६१.४१ प्रतिशत मतदान भयो। सबैभन्दा बढी मधेस प्रदेशमा ६५.७७ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ५७.८० प्रतिशत मतदान भयो’, उनले भने, ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको प्रतिनिधि सभातर्फ ६१.४१ प्रतिशत मतदान भएको थियो। त्यस्तै प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ ६१.३५ प्रतिशत, प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ६१.३६ प्रतिशत र प्रदेश सभाको समानुपातिक प्रणाली तर्फको ६१.३१ प्रतिशत मतदान भएको थियो।’कुल खसेको मतको ५.०६ प्रतिशत बदर भएको उनले जानकारी दिए।
‘त्यसमा सबैभन्दा बढी प्रदेश सभाको समानुपातिक तर्फ सबैभन्दा बढी मत बदर भएको देखिन्छ। औसतभन्दा बढी छ, त्यो भनेको ६.५५ प्रतिशत मत बदर भएको देखिन्छ।’ आयोगका उपसचिव भट्टराईका अनुसार प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ५.०६ प्रतिशत मत बदर भएको छ भने प्रतिनिधि सभाको समानुपातिकतर्फ ५।०९ प्रतिशत मत बदर भएको छ। त्यस्तै प्रदेश सभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ४.०७ प्रतिशत र प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ६.५५ प्रतिशत मत बदर भएको बताए। उनले समग्र ६१.४१ प्रतिशत मतदान भएको जानकारी दिए। सबैभन्दा बढी मधेस प्रदेशमा ६५.७७ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ५७.८० प्रतिशत मतदान भएको उनको भनाई छ। प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ ६१.४१ प्रतिशत मतदान भएको निर्वाचन आयोगको भनाई छ। त्यस्तै प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ ६१.३५ प्रतिशत, प्रदेश सभाको प्रत्यक्षतर्फ ६१.३६ प्रतिशत र प्रदेश सभाको समानुपातिक प्रणालीतर्फ ६१.३१ प्रतिशत मतदान भएको आयोगका उपसचिव कमल भट्टराईले बताए।न्युज अफ नेपाल