धनगढी। धनगढी उपमहानगरपालिकाले आमा बचाउ अभियानका लागि एम्बुलेन्स हस्तान्तरण गरेको छ। आज धनगढी उपमहानगरपालिका वडा नम्बर १८ लाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो। नगर प्रमुख गोपाल हमाल र उपप्रमुख कन्दकला रानाले वडाध्यक्ष भुवन रिजाललाई सोमबार एम्बुलेन्स हस्तान्तरण गरेको हुन्।
एम्बुलेन्स हस्तान्तरण गर्दै मेयर हमालले गर्भवतीलाई सुत्केरी गराउन अस्पतालसम्म पुग्नका लागि निःशुल्क रूपमा एम्बुलेन्स सेवा उपलब्ध हुने बताए। उनका अनुसार धनगढी उपमहानगरका अन्य वडाहरूमा समेत क्रमशः एम्बुलेन्स उपलब्ध गराउने बताएका छन् ।