बाजुरा। नेपाल बिधुत प्राधिकरण बाजुरा वितरण केन्द्रमा तालाबन्दि गरिएको छ। साउन २६ गते प्राधिकरणका कर्मचारी बडिमालिका ८ का भक्त रावलको बिद्युक्त लाइन बिस्तार गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो । मृतकका आफन्तले सम्झौता अनुसारको क्षतिपुर्ति नपाएको भन्दै तालाबन्दि गरेका हुन्।
जिल्ला प्रशासन कार्यलयमा बसेको सर्वदलिय बैठकले मृतकका श्रीमतीलाई करारमा जागिर खुवाउने र ५ लाख क्षतिपुर्ति दिने सहमति भएको थियो । सहमति अनुसार क्षतिपुर्ति र जागिर नपाएको भन्दै कार्यलयमा आएर तालाबन्दि गरेको मृतकका बुवा मन्नाम रावलले वताए। पहिला करारमा जागिर खुवाउने र ५ लाख दिने दुबै सहमति भएको अहिले कार्यलयले कि क्षतिपुर्ति कि जागिर मात्र दिने कार्यलयले वताएको छ । बाजुरा वितरण केन्द्रका प्रमुख ललित मण्डलका अनुसार जिल्लामा सर्वपक्षिय बैठकले ५ लाख नगद र करारमा जाखिर दिने सहमति गरेको थियो।
तर केन्द्रमा राहतका लागि पहल गर्दा कुनै एक मात्र रोज्न पिडित परिवारलाइ भनेका थियौ। पिडितले तालाबन्दि गरेको छ, हामीले केन्द्रिय कार्यलयमा समन्वय गरिरहेको वताए। बडिमालिका नगरपालिका ८ घर भएका रावल बुढिगंगा नगरपालिकामा सेरामा बिद्युक्तको मेन लाइन बनाउने क्रममा करेन्ट लागेर घाइते भएका थिए। घाइते रावलको उपचारको क्रममा अछामको बयलपाटा अस्पताल मृत्यु भएको थियो। यता विद्युत वितरण केन्द्र बाजुराले भने मृतकका आफन्तले दुई वटा माग मध्ये एउटा माग मात्र पुरा गर्ने सस्थाको निमावलीमा भएको हुदाँ माग पुरा गर्न नसकिएको बताए। आफुहरुले दुई वटै माग पुरा गर्ने निर्णय गरेर जिल्लाको कार्याल बाट केन्द्रमा पठाएको र केन्द्रबाट दुवै माग पुरा गर्न नसकिने बताए पछि माग पुरा गर्न नसकिएको निमित्त कार्यालय प्रमुख केशवदत्त भट्टले बताएका छन्।